६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

माध्यमिक तहमा थपिए २३ शिक्षक,विज्ञान र गणितका शिक्षकको अभाव कायमै

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले माध्यमिक तहका लागि सिफारिस भई आएका २३ जना शिक्षकलाई एकमुष्ट रुपमा नियुक्ति पत्र हस्तान्तरण गरी कार्यक्षेत्रका लागि बिदाइ गरेको छ।

जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा नियुक्तिका लागि सिफारिस भई आएकाहरूलाई पदभार ग्रहणका लागि बिदाइ गरिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए। 

उनका अनुसार सबैभन्दा बढी विज्ञान विषयका शिक्षक आएका छन्। १२ जना विज्ञान विषयका शिक्षक आउँदा गणित विषयका ८ जना छन् ।सामाजिक शिक्षाका २ र अंग्रेजी विषयका १ जना शिक्षक आएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।शिक्षा विकास निर्देशनालय धनकुटाले माध्यमिक तहको विज्ञापनमा सफल भएकाहरूलाई ताप्लेजुङको स्थानीय तह छनौटका लागि प्रक्रिया अघि बढाउन शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गरेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार आठराई त्रिवेणी गाउँपालिकाका गणितका १,मैवाखोलामा गणितका ३ र विज्ञानका १ गरी ४ जना,मेरिङदेन गाउँपालिकामा विज्ञानका १ जना,फुङलिङ नगरपालिकामा विज्ञानका २ जना र मिक्वाखोला गाउँपालिकामा गणितका १ र विज्ञानका २ गरी ३ जना शिक्षकले नियुक्ति पाएका छन्।

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा गणित र सामाजिक विकास १–१ तथा विज्ञानका २ गरी ४ जना, सिरिजङ्गा गाउँपालिकामा गणित र सामाजिक विकास १–१ तथा विज्ञानका २ गरी ४ जना,सिदिङ्वा गाउँपालिकामा गणित र विज्ञानका १–१ गरी २ जना र पाथीभरा याङ्वरक गाउँपालिकामा विज्ञान र अंग्रेजीका १–१ गरी दुई जना शिक्षकले नियुक्ति पत्र बुझेका छन्। 

प्रकाशित: २० मंसिर २०८० ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App