२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

महानगरका शिक्षक सिप सिक्न बङ्गलादेशमा

काठमाडाै महानगरपालिकाका शिक्षक तथा कर्मचारीहरु बङ्गलादेश गएका छन्।महानगरभित्रका सार्वजनिक विद्यालयहरूमा चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको शिक्षामा सिप कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षा विभागका प्रमुख सीताराम कोइराला सहित ५ कर्मचारी  र  २० जना शिक्षक शैक्षिक भ्रमणमा बङ्गलादेश गएका हुन।

महानगरका प्रवक्ता नवीन मानन्धरले  बङ्गलादेशमा दक्षिण एसियाका देशहरु मध्ये नै सबै भन्दा उत्कृष्ट शिक्षामा सिप कार्यक्रम प्रभावकारी भएकोले महानगरभित्रका शिक्षकहरूलाई सिप सिक्नको लागि शैक्षिक भ्रमणमा पठाएको बताए।

‘बङ्गलादेशका सार्वजनिक विद्यालयहरूमा वातावरणमैत्री पनि संचालन भइरहेका छन्।शिक्षामा सिप कार्यक्रमबारे सिकाईका साथै हाम्रा शिक्षकहरूले वातावरणमैत्री विद्यालय सञ्चालनबारे समेत सिक्नु हुन्छ,’ प्रवक्ता मानन्धरले नागरिकसँग भने, ‘महानगरले सार्वजनिक शिक्षा सुधारको लागि अन्तर्राष्ट्रिय स्तरमा संचालन भइरहेका राम्रा अभ्यास सिक्न सिकाउनको लागि केही बजेटको समेत व्यवस्था गरेको छ।’ उनले थपे, ‘बङ्गलादेश सरकारको निमन्त्रणामा थोरै खर्चमा हामीले हाम्रा शिक्षकहरूलाई बसबाटै बङ्गलादेश पठाएका हौँ।’

महानगर शिक्षा विभागका अधिकृत इन्द्र दाहालका अनुसार महानगरले कार्यान्वयन ल्याएको विद्यालय स्तरको शिक्षामा सिप कार्यक्रमले विद्यार्थी ,अभिभावक र विद्यालयहरू निकै लाभान्वित बनेका छन्।कार्यक्रमलाई थप स्तरीय बनाउन यही मंसिर ४ गते शिक्षक र कर्मचारी गरि कुल २५  जनालाई बङ्गलादेश शैक्षिक भ्रमणमा पठाएको हो। ‘मंसिर ११ गते यो टोली नेपाल फर्किने छ । त्यस लगतै महानगरले अर्को टोलीलाई चिन पठाउने तयारी गरेको छ।

प्रकाशित: ७ मंसिर २०८० ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App