२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विद्यालय सुधार्न के के गर्नु पर्छ भन्छन प्रधानाध्यापकहरु?

बायाँबाट क्रमश: कुमारी कमला राई,नातिकाजी महर्जन,हेरम्बराज कँडेल र जानुका नेपाल।

काठमाडाै‌का प्रधानाध्यापकहरु भन्छन, 'बालबालिकाको सिकाइ स्तरीय बनाउन विद्यालयको व्यवस्थापन पक्ष बलियो र पारदर्शी हुनुपर्छ। एकअर्कालाई सम्मान गर्ने, समयको पालना गर्नेजस्ता असल व्यवहार सबैमा हुनु पनि अत्यावश्यक छ।'

कुमारी कमला राई

जनकल्याण मावि, बौद्ध

नेपालमा निजी लगानी (संस्थागत विद्यालय) र सरकारी लगानी (सामुदायिक विद्यालय) मा शिक्षा लिनेदिने व्यवस्था छ। तर बहुसंख्यक विद्यार्थी (करिब ८० प्रतिशत) को पहुँच सामुदायिकमा छ।  

नातिकाजी महर्जन

ज्ञानोदय मावि, बाफल

मुख्यतः हेडमास्टर जिम्मेवार भएका सामुदायिक विद्यालयले कोल्टो फेरेका छन्। घरमा अभिभावकले र विद्यालयमा शिक्षकले सकारात्मक निगरानी राखे विद्यार्थीको सिकाइ सुधारमा कठिनाइ हुन्न।  

हेरम्बराज कँडेल

विश्वनिकेतन मावि, त्रिपुरेश्वर

साना कक्षामा प्रअले शिक्षकहरूलाई बालबालिकासँग खेल्दै सिकाउने अभ्यास गराउनुपर्छ। काठमाडौंका विद्यालयहरूमा यस्तो सिकाइ विधि अपनाइएका कारण सिकाइ प्रभावकारी हुन्छ।  

जानुका नेपाल

नीलबाराही स्कुल, कालीमाटी

प्रकाशित: १४ श्रावण २०८० ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App