७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

एउटा परीक्षामा अर्को प्रश्न सोध्नेमाथि कारबाहीको माग

पर्यटन विकासको परीक्षामा भारतको अमुक प्रश्नपत्रको प्रतिलिपि गरेर भारतको इतिहासबारे प्रश्नपत्र सोधिएको भन्दै विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्।

त्रिवि स्वतन्त्र विद्यार्थी युनियन सभापति श्यामराज ओझा, नेपाल ल क्याम्पसका सभापति विष्णु ढुंगेल र पुल्चोक इन्जिनियरिङ कलेजका सभापति विराज अर्यालको संयुक्त टोलीले विज्ञप्तिमार्फत परीक्षा नियन्त्रण कार्यलयका पदाधिकारीमाथि कारबाहीको माग गरेका छन्। यसैगरी नेपाल विद्यार्थी संघका अध्यक्ष दुजनाङ शेर्पाले पनि विज्ञप्ति जारी गर्दै परीक्षामा पटकपटक त्रुटि गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

पर्यटन विकासको परीक्षामा भारतको अमुक प्रश्नपत्रको प्रतिलिपि गरेर भारतको इतिहासबारे प्रश्नपत्र सोधिएको भन्दै विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्।

घटना बाहिरनासाथ त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष शिवलाल भुसाल र राजिष्ट्रार सोमबारदेखि नै सम्पर्कविहीन बनेका छन्। पदाधिकारीहरू सञ्चारकर्मी र विद्यार्थी संघ संगठनको सम्पर्कमा आउन चाहेनन्।

सोमबार त्रिविले सञ्चालन गरेको मानविकी विषयको स्नातक तह चार वर्षे कार्यक्रमको तेस्रो वर्षको पर्यटन विकास विषयको परीक्षामा सातवटै प्रश्न भारतीय इतिहासको सोधिएको थियो। करिब एक घन्टापछि मात्र पुनःप्रश्नपत्र विषयअनुसारको प्रशनपत्र निर्माण गरी परीक्षा सञ्चालन गरेको विषयप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दुजाङ शेर्पाले बताए।

उनका अनुसार विश्वविद्यालयको यो पहिलो गल्ती होइन। यसअघि पनि एमए प्रथम र तेस्रो सेमेस्टर तथा बिबिए छैटौं सेमेस्टरमा प्रश्नपत्रहरू दोहरिँदा नेपाल विद्यार्थी संघले लगातार छ महिनाभन्दा बढी आन्दोलन गरी प्रश्नपत्र निर्माणसम्बन्धी नयाँ कार्यविधि बनाएको भए पनि कार्यान्वयन भएको छैन।

सोमबार त्रिविले सञ्चालन गरेको मानविकी विषयको स्नातक तह चार वर्षे कार्यक्रमको तेस्रो वर्षको पर्यटन विकास विषयको परीक्षामा सातवटै प्रश्न भारतीय इतिहासको सोधिएको थियो।

परीक्षा नियन्त्रण कार्यलयको यस्तो लापरबाहीप्रति विश्वविद्यालयकै प्राध्यापक तथा पदाधिकारीहरूले पनि प्रश्न उठाएका छन्। परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्रमा त्रुटि गरेको स्वीकार गरेका छन्। भारतीय इतिहास विषयको प्रश्नपत्र सोमबारको पर्यटन विकास विषयको परीक्षामा मानवीय त्रुटिबस केन्द्रमा पुग्न गएको उनले बताए। 

प्रकाशित: १० श्रावण २०८० ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App