३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा आकर्षण

पछिल्लो समयमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । गैरसरकारी संथाहरुले टोलटोलमा विभिन्न जनचेतना दिन थालेपछि विद्यार्थीहरूको आकर्षण बढेको हो।  

जिल्लाको नरहरिनाथ गाउँपालिका–३को रमा मा।वि र रास्कोट नगरपालिकाको बडिमालिका मा।विमा विद्यार्थी नियमित गर्न प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको साझेदारीमा सचालित बालविवाह,छिटो विवाह,जवरजस्ती विवाह न्युनिकरण  परियोजनाले विद्यालयमा विद्यार्थीको  आकर्षण बढाएको छ।  

सामुदायिक विद्यालयमा विद्यालय छोडेर घरमै बसेका विद्यार्थीहरुलाई गाउँमा गएर जनचेतना दिदा विद्यार्थीको आकर्षण बढेको हो। अहिले सामुदायमा अविभावकले समेत आफै छोराछोरी भर्ना गर्न थालेका छन्। उमेर पुगेर पनि घरको आर्थीक अवस्थाका कारण विद्याललय जानबाट बञ्चित भएका नरहरिनथ गाउँपालिकाका दुई वालिकालाई विद्यालयमा भर्ना गरिएको छ।

विद्यार्थी भर्ना अभियान २०८० अन्तरगत नरहरिनाथ गाउँपालिका ३ को रमा मा।वि विद्यालयमा विद्यालय वाहिर रहेका झरना विक र राजपुरा विकलाई विद्यालयमा भर्ना गरिएको हो। उनीहरुलाई विद्यालयमा स्वगत सहित विद्यालयमा भर्ना गरिएको मानव  अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल अन्तर्गत सिओसि सहजर्कता बसन्ती बुढाले जानकारी दिइन्।

दुई बालिकालाई विद्यालयमा भर्ना पश्चात उनले यसैगरि सवैले आआफ्नो तहवाट विद्यालय वाहिर रहेका विद्यार्थी र विद्यालय छोडेका वालवालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्ने आग्रह गरिन्। विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई लक्षित गरि भर्ना अभियान सुरु गरिएको हो।

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजालगायत कार्यक्रममा बर्षेनि ठूलो रकम लगानी गर्दै आएको छ। शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्न सरकारले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ।  

यो कार्यक्रमले जिल्लाको रास्कोट नगरपालिकामा रहेको बडिमालिका मा।विमा पनी विद्यार्थी भर्ना सख्या बढाएको प्रध्यानाध्यापक पुष्पराज बरालले बताए। उनले भने पहिलेको वर्षहरु भन्दा अहिले विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको छ। विद्यालयमा अध्ययन गर्न दैलेख, सुर्खेतबाट पनी पुग्ने गरेका छन्। विद्यालयमा अग्रेजी माध्यमबाट पनी पठनपाठन सुरु गरेका छौं।  

विद्यालय शिक्षाको रेखदेख गर्ने जिम्मा स्थानीय तहले पाए पनि शिक्षामा सुधार र विद्यार्थी संख्या बढाउनेतर्फ ध्यानै दिन सकेका छैनन् । उच्चशिक्षा हासिल गरेका धेरै विद्यार्थी विदेश पलायन हुनु र जन्मदर कम हुनु पनि सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुका कारक हुन् । नियमित कक्षाकोठासँगै स्तरीय शिक्षा र अभिभावकमा चेतना जगाउन सके विद्यार्थीको आकर्षण बढ्न सक्ने शिक्षक–अभिभावकको बुझाइ छ।

अहिले पनी कालिकोट जिल्लाका धेरै जसो विद्यार्थी आर्थिक अभाव, दलित विपन्नताले विद्यालयमा जान सकिरहेका छैनन्। केहीले प्ररम्परागत पुर्ख्यौली पेशालाई निरन्तरता दिदा पनि विद्यालय छोड्नु परेको छ ।

प्रकाशित: १ असार २०८० ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App