१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

दुई क्याम्पस प्रमुख भएपछि भक्तपुर बहुमुखी क्याम्पसमा तनाव

दुई क्याम्पस प्रमुख रहेपछि भक्तपुरकै सबैभन्दा पुरानो भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा विवाद भएको छ। दुई क्याम्पस प्रमुखको हानथापले पूरै क्याम्पस अस्तव्यस्त बनेको छ।

क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले चैत ३० गते अनिवार्य अवकाश पाएका थिए। तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाश पश्चात् त्रिविले वरिष्ठताको आधारमा भन्दै सहायक क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई निमित्त क्याम्पस प्रमुखमा वैशाख ३ गते नियुक्ति गरेको थियो।

त्रिवि कार्यकारी परिषद्ले सहप्राध्यापक शाक्यलाई निमित्त क्याम्पस प्रमुखको हैसियतमा जिम्मेवारी दिएको करिब डेढ महिनामा जेठ १६ गते अर्की सहप्राध्यापक कविता लुइँटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय ग¥यो। सोही अनुसार गत आइतबार लुइँटेल नियुक्ति पत्र लिएर क्याम्पस पुगिन्। निमित्त क्याम्पस प्रमुख शाक्य काम गरिरहेकै बेला नवनियुक्त क्याम्पस प्रमुख सह–प्राध्यापक लुइँटेल भट्टराई प्रवेशपछि लफडा सुरु भएको हो।

विना जानकारी नयाँं क्याम्पस प्रमुख पद सम्हाल्न पुगेपछि कार्यबाहक क्याम्पस प्रमुख शाक्यले क्याम्पसको कागजातहरु प्रशासन प्रमुखलाई बुझाए। त्यसपछि क्याम्पसका प्रशासनिक कागजातहरु आफूलाई हस्तान्तरण गर्नुको साटो प्रशासनलाई बुझाएको भन्दै विवाद सुरु भएको हो।

त्रिविले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको लुइँटेल एमाले निकट मानिन्छिन्। निमित्त क्याम्पस प्रमुखका रुपमा कार्यभार सम्हाल्दै आएकी शाक्य कांग्रेस निकट हुन्। यसपछि पक्ष विपक्षमा विद्यार्थी संगठनहरु पनि बाँंडिएर वादविवादमा उत्रेका हुन्। विवादकाबीच नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले नवनियुक्त क्याम्पस प्रमुख लुइँटेलको कुर्सी, नेमप्लेट बाहिर फालिदिएका छन्। उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखाशाखामा ताला लगाइदिएका छन्।

नवनियुक्त क्याम्पस प्रमुख कविता लुइँटेल भटराईले काम चलाउनका लागि वरिष्ठताका आधारमा सहायक क्याम्पस प्रमुखलाई जिम्मेबारी दिएको र नियुक्तपत्र लिएर नयाँं क्याम्पस प्रमुख आएपछि स्वत कार्यबाहक हटेर नयाँंलाई कार्यभार सम्हाल्न दिनुपर्ने सामान्य नियम पनि पालना नभएको भन्दै दुःख व्यक्त गरिन्। आफू आएपछि नेविसंघका विद्यार्थीले आफनो कोठामा ताला लगाइदिएर नेमप्लेट लगायतका भुइमा बजार्दै बाहिर रुखमा झुण्डाउन लगेर कोठामा ताला लगाइदिएको बताइन्। यस विषयमा छलफल गर्न बिहीबार साढे ११ बजे समय तोकिएको भए पनि नेविसंघका टोली वार्ता नआएको उनले सुनाइन्।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन भक्तपुर बहुमुखी क्याम्पस एकाई समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले विवाद गर्नुपर्ने विषय नभए पनि कांग्रेस समर्थित विद्यार्थीको केही समूहले विवाद निकालेको बताए। यस विषयमा विद्यार्थी संगठन, शिक्षक संगठनहरुलगायतले छुटाछुटै दिनमा छुटाछुटै रुपमा विज्ञप्ति पनि निकालेका छन्।  

प्रकाशित: २५ जेष्ठ २०८० ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App