९ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

यसरी पनि सुध्रिन्छ सामुदायिक स्कुल

एक दशकअघिसम्म भोको पेटमा विद्यालय आउँदा विद्यालयमै बेहोस हुने अवस्था रहेको काठमाडौं क्षेत्र नम्बर ८ को कालिमाटिमा रहेको निलबाराही स्कुलमा अहिले बालबालिका हाँस्दै रमाएर पढ्न आउँछन्। यसको एउटै कारण हो स्कुलका प्रधानाध्यापक जानुका नेपालको रातदिन दातासँग हारगुहार गरेर नानीहरूको लागि विद्यालयमै खाजको निःशुल्क व्यवस्थापन गराउनु।

प्रधानाध्यापक नेपालको प्रयासले हाल यो स्कुलमा कक्षा १० सम्मका बालाबलिकाहरू स्कुलकै भान्छामा पाकेको खाजा खान्छन्। खाजले बालालिका रमाएर मात्र आएका छैनन्, पेट भरेपछि पूर्ण समयसम्म विद्यालयमै हाँसेर पढ्ने गरेका छन्। यसले विद्यालयको समग्र शैक्षिक स्तरमा सुधार भई स्कुलले अब्बल नतिजा दिएको छ। ‘हाम्रा स्कुलमा आर्थिक अवस्था कमजोर भएका अभिभावका नानीहरू अध्ययन गर्छन्। खाजाको व्यवस्थाले विद्यार्थी कक्षामा नियमित भएका छन्। खुसी भएर रमाएर कक्षाकोठामा पढ्छन्,’ प्रअ नेपालले भनिन्, ‘यसले हाम्रो स्कुलको भर्ना र टिकाउ दर सत प्रतिशत छ। भर्ना भएका बालालिकाहरू स्कुलमा टिकेका छन्। शिक्षकहरूको इमान्दारी र बलियो टिमवर्क तथा समुदायको पूर्ण सहयोगले कक्षाकोठामा बालबालिकाको शिक्षण सिकाइको स्तर बढेको छ। एसइई र कक्षा ११/१२ को नतिजा गर्व गर्न लायकको बनेको छ।’

विद्यार्थी संख्या घट्दै र शैक्षिक स्तर कमजोर बन्दै गएको अवस्थामा निलबाराही माध्यमिक विद्यालय शैक्षिक गुणस्तर कायम गरी अब्बल बनेको छ।

महिला प्रधानाध्यपकले सम्हालेको यो स्कुल विसं २०१०सालमा स्थानीय बालाबलिकालाई अक्षर चिनाउनका लागि समाजसेवी स्वर्गीय जीवन मानन्धरले सुरु गरेको यस स्कुलले सामुदायिक विद्यालयमध्ये अब्बल बन्न सफल बनेको को गर्व महसुस भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व शिक्षासचिव दीपेन्द्रविक्रम थापाले बताए।

तीनवटा पाटी र ५ बालबालिकाबाट सुरु भएको पाटीको स्कुलमा हाल कक्षा १२ सम्म १ हजार बालबालिका हाँसेर स्कुल आउँछन्। स्कुलले सोमबार अभिभावक दिवस तथा आफनो स्थापना दिवसको ६९ वर्ष मनाइरहँदा स्कुलकी प्रधानाध्यापक जानुका नेपाल आफूले बालाबलिकाको लागि गरेको संघर्ष सम्झेर भावुक बनिन्।

‘सामुदायिक विद्यालयका प्रधानाध्यापक र नेतृत्व पक्ष इमान्दर र बालबालिका तथा स्कुलप्रति उत्तरदायी भएमा स्कुलको समग्र अवस्था सुधार गर्न सकिन्छ भन्ने उदाहरण निलबाराही स्कुलले दिएको छ,’ सांसद विराजभक्त श्रेष्ठले मुक्तकण्ठले प्रशंसा गर्दै भने, ‘स्थानीय तहमा शिक्षाको अधिकार गएसँगै सरकारी स्कुलहरू सुधार हुँदै छन्। यो सकारात्मक पक्ष हो। स्थानीयको अपनत्व भए मात्र स्कुल अब्बल बन्न सक्छ। २१औं शताब्दीको युगमा पुरातन शिक्षाले काम गर्दैन। विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने सूचना प्रविधिसँग जोडेर शिक्षा दिने व्यवस्था गर्नुस्। स्कुललाई आवश्यक सहयोग म मेरो कोषबाट गर्नेछु।’

आफनो क्षेत्रको स्कुलको शैक्षिक गुणस्तर सुधार भई विद्यालयमा कक्षाकोक्षामा टनाटन विद्यार्थी संख्या देखेर सांसद श्रेष्ठले स्कुलको शैक्षिक सुधारको खुलेरै प्रशंसा गरे।

स्कुलले सोमबार आफ्नो स्थापना दिवसको ६९ वर्ष मनाइरहँदा यस क्षेत्रका सांसद विराजभक्त श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष पूर्व शिक्षासचिव दीपेन्द्र विक्रम थापा, महानगर शिक्षा विभाग प्रमुख रामप्रसदा सुवेदी, समाजिक विकास तथा समन्वय समितिका प्रमुख नन्दलाला पौडेल लगायत शिक्षासेवी, समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थी र काठमाडौंका अन्य विद्यायका प्रधानाध्यापक सबै गौरवान्वित तथा भावुक बनेका थिए। यो स्कुलमा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी अध्ययन गर्छन्। काम गर्दै बालबालिकाहरू भोको पेट आउने अवस्था अब यो स्कुलमा छैन।

सरकारले कक्षा ६ सम्म निःशुल्क खाजाको व्यवस्था गरे पनि पर्याप्त बजेट नभएको भन्दै स्कुललहरूले खाजा नखुवाएको अवस्थामा निलवाराहीको प्रअ नेपालले सरकार र दातृ निकायसँग सहकार्य गरी कक्षा १० सम्मको निःशुल्क खाजको व्यवस्था गरेकी छिन्। ‘मेरा भाइबहिनीहरू अब भोको पेट पढ्नु पर्दैन। म आफैं कक्षा शिक्षकहरूसँग कुरा गरि नानीबाबुसँग खाजा खाए-नखाएको बारे बुझेकै हुन्छु,’ प्रअ नेपालले भनिन्,‘महानगरले कक्षा ८ सम्म व्यवस्था गरिदिएको छ ।भने कक्षा ९ र १० को लागि मैले दातृ निकायसँग सहयोग मागेकी हुँ ।

प्रकाशित: २४ चैत्र २०७९ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App