३ श्रावण २०८३ आइतबार
image/svg+xml
शिक्षा

मदरल्याण्डका ११ जनाको ३.९६ जिपिए

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा पोखराको मासावारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले बताएको छ।  

योपटक कक्षा १२ मा विज्ञान र व्यवस्थापन संकायमा गरी ४०७ जना परीक्षार्थी सम्मिलित भएकामध्ये ११ जनाले ३.९६ जिपिए ल्याउन सफल भएको विद्यालयका प्राचार्य डा. नारायण बरालले जानकारी दिए।  

३.९६ जिपिए ल्याउनेमध्ये १ जना विद्यार्थी व्यवस्थापन संकायकी दृश्या घिमिरे हुन्। बाँकी १० जना विज्ञान संकायका हुन्। उनीहरुमा आशीष बस्ताकोटी, दीक्षा घिमिरे, इक्युटी पौडेल, जस्मिन बोहोरा, कृपा बराल, कृस्टिना पौडेल, मिजल पराजुली, रेडियस पोखरेल, सम्पूर्ण शर्मा र श्रेया तामाङ हुन्। तीमध्इे आशीष, इक्युटी, कृपा र रेडियसको एसईईमा समेत ४ जिपिए आएको थियो।

विद्यालयका अनुसार २०८ जनाको ३.६० भन्दा माथिको जिपिए छ भने १४३ जनाले ३.२० देखि ३.६० जिपिए ल्याएका हुन्। कुल ९९.०२ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए। गत वर्ष पनि मदरल्याण्डबाट १२ जनाको ३.९६ जिपिए आएको थियो। उनीहरु सबै जना नेपाल टप भएपछि विद्यालयले नगदसहित पुरस्कृत गरेको थियो।

प्राचार्य डा. बरालले विद्यार्थी, विद्यालय र अभिभावकको समेत सहयोगले गर्दा यो सफलता हात पार्न सफल भएको बताए। ‘विद्यार्थीको अथक मेहनत, शिक्षकशिक्षिकाको भूमिका र अभिभावकको सहयोगले विद्यालयले गौरव गर्न लायक रिजल्ट हात पारेको छ,’ उनले भने।  

प्रकाशित: ५ असार २०८३ १७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App