पोखरा उद्योग वाणिज्य संघले इतिहासमै पहिलो महिला अध्यक्ष पाएको छ।
संघको सोमबार साँझ सम्पन्न ३६ औं महाधिवेशनले निवर्तमान महासचिव शोभा गौतमलाई अध्यक्षमा निर्वाचित गर्दै संघको ७२ वर्षे ईतिहासमा पहिलो महिला अध्यक्ष बनाएको हो। गौतम अन्य ३ पुरुष प्रतिष्पर्धीलाई पन्छाउँदै अध्यक्षमा निर्वाचित भईन्। कुल २ हजार २ सय ७९ मत खसेकोमा निर्वाचित गौतमले ७ सय ५१ मत प्राप्त गरिन्। पराजित अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ५३ मत प्राप्त गरे। अध्यक्षमा १२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
संघको बरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष दीनेशचन्द्र बास्तोला निर्वाचित भए। उनले प्रतिष्पर्धी टिकाराम सुवेदीलाई झण्डै दोब्बर मतान्तरले पराजित गरे। निर्वाचित बास्तोलाले १ हजार ४ सय ८१ मत प्राप्त गर्दा पराजित सुवेदीले ७ सय ६० मत प्राप्त गरे।
उपाध्यक्ष (उद्योग)मा सौगात थापा बिजयी भए। प्रतिष्पर्धी ललितबहादुर कुँवरलाई २ सय ९८ मतान्तरले पछाडि पार्दै थापा बिजयी भएका हुन्। बिजयी थापाले १ हजार २ सय ७१ मत प्राप्त गर्दा कुवँरले ९ सय ७३ मत प्राप्त गरे।
उपाध्यक्ष (वाणिज्य)तर्फ मनोजकुमार श्रेष्ठ निर्वाचित भए। उनी प्रतिष्पर्धी भीम गौतमलाई १ सय ४६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन्। बिजयी श्रेष्ठले १ हजार ६५ मत प्राप्त गर्दा पराजित गौतमले ९ सय १९ मत प्राप्त गरे।
संघको महासचिवमा सुदीप प्रधानाङ्ग बिजयी भए। उनी प्रतिष्पर्धी तारानाथा ढुंगानालाई १ सय ६० मतान्तरले पराजित गर्दै महासचिवमा निर्वाचित भएका हुन्। बिजयी प्रधानाङ्ले १ हजार २ सय २ मत प्राप्त गर्दा ढुंगानाले १ हजार ४२ मत प्राप्त गरे।
कोषध्यक्षमा देवेन्द्र प्रजुले जीवनप्रकाश श्रेष्ठ ६ सय ६४ मतान्तरले पराजित गर्दै बिजयी भए। बिजयी प्रजुले १ हजार ४ सय ३९ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ७ सय ७५ मत प्राप्त गरे।
उप-महासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भए। अन्य दुई प्रतिष्पर्धीलाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै राजभण्डारी बिजयी भएका हुन्। बिजयी राजभण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गर्दा पराजित यादवप्रसाद पोखरेलले ६ सय ५८ मत र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गरे।
खुल्ला १० सदस्यतर्फ दुर्गा बराल १ हजार ७ सय ४८, अमृत पोखरेल १ हजार ७ सय ३१, निर्मला चापागाईं १ हजार ५ सय ८०, गोविन्दबहादुर केसी १ हजार ४ सय ८७, रामेश्वर अधिकारी १ हजार ४ सय ७७, मनोहरी पौडेल १ हजार ४ सय ७६, भानुभक्त अधिकारी १ हजार ४ सय ५२, दीलिपकुमार श्रेष्ठ १ हजार ४ सय ४७, रामप्रसाद कँडेल १ हजार ४ सय ३५ र कमलबहादुर सुनार १ हजार ४ सय २४ मत ल्याएर बिजयी भए। १३ जनाबीच भएको प्रतिष्पर्धामा नवीन नापित १ हजार ३ सय ४३, हरिप्रसाद अधिकारी १ हजार ३ सय ४३ र सूर्यराज घिमिरे १ हजार ३ सय ३ मत ल्याएर पराजित भए।
यसअघि वस्तुगततर्फको चार सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा उद्योग सदस्यमा पिताम्बर अधिकारी निर्विरोध भइसकेका छन्।
प्रकाशित: २३ भाद्र २०८३ ०९:१६ मंगलबार





