पोखरा महानगरपालिका–१०, बुद्धचोकमा बीवाईडीको नयाँ सर्भिस सेन्टर संचालनमा आएको छ। सर्भिस सेन्टरसँगै बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पाट्र्स) सुविधा पनि त्यही सर्भिस सेन्टरमा उपलब्ध हुने कम्पनिले बताएको छ।
बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालि मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। यसले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई अझ सहज, भरपर्दो र बिक्रीपछिको स्तरीय सेवा उपलब्ध गराई अपनत्वको अनुभव दिलाउने कम्पनिको भनाई छ।
उक्त सर्भिस सेन्टरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। बीवाईडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रुपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाएको कम्पनिले बताएको छ। ग्राहकलाई सवारी बिक्री पश्चात समेत उच्चतम सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ।
यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएका थिए। अब भने आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, स्पेयर पाट्र्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्न सक्नेछन्।
साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले भने, ‘बीवाईडीको सवारी खरिद गर्नु भनेको ग्राहकसँगको हाम्रो सम्बन्धको सुरुवात मात्र हो। हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ।’ नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गइरहेका बेला देशव्यापी सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक बीवाईडी ग्राहकलाई पूर्ण विश्वास र सहजता प्रदान गर्नमा कम्पनि प्रतिवद्ध रहेको तण्डुकारले बताए।
सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, बीवाईडी स्पेयर पाट्र्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे लगायतका सुविधा उपलब्ध छन्। सो सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने उनले बताए।
प्रकाशित: २३ श्रावण २०८३ १६:३७ शनिबार





