२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

साताको चौथो दिन नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगी बन्द भएको छ। नेप्से परिसूचक बुधबार शेयरबजारमा उतार चढाव हुँदै अन्यमा आएर १३.४० अंकले बढेर बजार बन्द भएको हो।  

२४ लाख ९५ हजार ६ सय १२ कित्ता शेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार १ सय ५८ रूपैयाँको शेयर कारोबार भएको थियो। १४१ वटा कम्पनीको शेयर बढ्दा बुधबार ३८ वटा कम्पनीका शेयरधनीले घाटा बेहोनुपर्‍यो। ८ वटा कम्पनीको शेयर भने स्थिर रह्यो।

बुधबार सिक्लेस हाइड्रो लिमिटेड कम्पनीको शेयर सबैभन्दा धेरै बढेको छ। सो कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी सबैभन्दा धेरै शेयर घट्ने कम्पनीमा जनउत्थान सामुदायिक लघुवित्त सस्था लिमिटेड रहेको छ। सो कम्पनीको ४.१३ प्रतिशतले घटेको छ।  

बुधबार नेप्सेका तीनवटै प्रमुख सूचक बढेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार सेन्सेटिभ सूचक २.८६ अंकले बढेको छ भने फ्लोट परिसूचक ०.८६ अंकले बढेकोे छ। यसैगरी सेन्सेटिभ फ्लोट ०.९२ अंकले बढेको छ। सेयर बजारका १३ वटै उपसूचकमध्ये बुधबार दुईवटा उपसूचकहरू घटेका छन् भने अन्य ११ वटा उपसूचक भने बढेका छन्। बुधबार म्युचुअल फण्डको उपसूचक ०.११ अंक र ट्रेडिङतर्फको भने २१.६१ अंकले घटेको थियो। त्यसैगरी बुधबार सबैभन्दा धेरै उपसूचक बढ्नेमा भने जीवन बीमातर्फ ८०.७३ अंक, विकास बैंकतर्फ ४२.५८ अंक, म्यानुफ्क्चरिङतर्फ ४३.७७ अंकले वृद्धि भएको छ। साताको पहिलो दिन १०.५४ अंकले घटेर निराशा छाएको शेयरबजार दोस्रो दिन अर्थात् सोमबार २१.२९ अंकले बढेर उत्साह जगाउने काम गरेको थियो। सोमबार दोहोरो अंकले बढेर उत्साह जगाएको शेयरबजार मंगलबार भने फेरि घटेको छ।  

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको थियो। मंगलबार २७ लाख ४५ हजार १ सय ९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रूपैयाँको शेयर खरिद बिक्री भएको थियो । 

प्रकाशित: १ मंसिर २०७९ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App