राजस्व अनुसन्धान विभागले दुई वटा व्यावसायिक फर्मविरुद्ध मुद्दा अघि बढाएको छ। विभागले नक्कली भ्याटबिल प्रयोग गरेर कारोबार गरेका अंकुस सप्लायर्स एण्ड ट्रेडर्सका प्रोप्राइटर प्रवीणकुमार महतो र युनिक ट्रेडर्स एण्ड इन्टरप्राइजेजका आत्माराम पासवानविरुद्ध मुद्दा दर्ता गरेको हो।
विभागले नक्कली भ्याटबिल प्रयोग गरी कारोबार गरेको आरोप लगाउँदै दुवै फर्मविरुद्ध मुद्दा दायर गरेको थियो। विभागले महतो र पासवानविरुद्ध २२ करोड ६३ करोड बिगो मागदाबी गरेर मुद्दा दायर गरेको हो। विभागले दुवै विरुद्ध कुल ४५ करोड २७ लाख बिगो मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
प्रकाशित: २९ कार्तिक २०७९ ०३:०५ मंगलबार