९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

आजबाट बीमा समिति बीमा प्राधिकरणमा रूपान्तरण

बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति आजबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ। 

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो। भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको हो। 

राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुँदै छ। मंगलवार नै समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदैछ।

प्रकाशित: २२ कार्तिक २०७९ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App