ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। दुईवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ।
बैंकका अनुसार पोखरा महानगरपालिका-१७ स्थित बिरौटा र वडा नं. २४ स्थित पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।
प्रकाशित: १७ कार्तिक २०७९ १२:४८ बिहीबार