२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल बुद्धिचाल संघलाई समृद्धि फाइनान्सले सहयोग गर्ने

नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्स कम्पनी लिमिटेडका बिच प्रायोजन सम्झौता भएको छ। नेपाल बुद्धिचाल संघले १९ देखि २१ कात्तिकसम्म आयोजना गर्ने नेसनल भेट्रान्स चेस च्याम्पियनसीपका लागि प्रायोजन सम्झौता गरिएको हो।  

शुक्रबार एक समारोहबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

करिब सात लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनसीपको मुख्य प्रायोजकका रूपमा समृद्धि फाइनान्सले नेपाल बुद्धिचाल संघलाई तीन लाख रुपैयाँ प्रदान गर्नेछ। सिइओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफू प्रतिवद्ध रहेको बताए।बुद्धिचाल संघका अध्यक्ष गौतमले विभिन्न विधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा सञ्चालन गर्न प्रयासरत रहेको जानकारी दिए। उनले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागितामा मात्र नेपालमा चेस खेललाई व्यावसायीकरण गर्न सकिने बताए।

संघले आगामी मंसिर महिनामा नेसनल बी तथा नेसनल सिटी च्याम्पियनसीपको समेत तयारी सुरु गरिसकेको सचिव उमेश केसीले बताए।  

प्रकाशित: ४ कार्तिक २०७९ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App