१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना ल्याएको छ। १ करोड १ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको यस खाता निक्षेपकर्ताहरूको सर्वोपरी हितलाई ध्यानमा राख्दै ल्याएको बैंकले जनाएको छ।  

मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड समूहमा न्यूनतम ५० हजार रूपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरूले आफ्नो लागि २१ लाख रूपैयाँ र परिवारको २ जना सदस्यको लागि ३० लाख रूपैयाँ गरी कुल ५१ लाख रूपैयाँसम्मको बिमा सुविधा पाउने तथा विभिन्न १५ वटा बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।  

यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम समूहमा न्यूनतम १ लाख मौज्दात राखेर खाता खोल्ने खातावालाहरूले आफ्नो लागि २१ लाख रूपैयाँ र परिवारको ४ जना सदस्यहरूको लागि ८० लाख रूपैयाँ गरी कुल १ करोड १ लाख रूपैयाँसम्मको बीमा सुविधा पाउने भएका छन्। साथै विभिन्न १५ वटा बैंकिङ सेवाहरूमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार बिमा सुविधा अन्तर्गत आवधिकबिमा, दुर्घटना बिमा र १८ वटा घातक रोगको बिमा समेत हुनेछ।  

प्रकाशित: ४ आश्विन २०७९ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App