१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

'खुकुरी ह्वाइट रम' नेपाली बजारमा

‘दि नेपाल डिस्टिलरिज’ ले आफ्नो चर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ नेपाली बजारमा ल्याएको छ।  

यससँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा तीन प्रकारका रम भएका छन्। जसमा खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम रहेका छन्।

कम्पनीका अनुसार खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो। यसले गर्मीयामका पेयहरूको माग पूरा गर्न कम्पनीले बताएको छ। यसलाई बरफ हालेर पिउन सकिन्छ। कोला वा जुस जस्ता मिक्सरहरूसँग पनि पिउन सकिन्छ। ‘खुकुरी ह्वाइट रम’ लाई ककटेल बनाउन पनि प्रयोग गर्न सकिन्छ। मोहितो लोकप्रिय ककटेलमध्ये एक हो, जुन ह्वाइट रम प्रयोग गरी बनाइन्छ।

ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले हिजोआज मोहितो बनाउने गरेका छन्। अहिले सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ। तर, अब नेपाली उपभोक्ताहरूले फेरि ह्वाइट रमसँग मोहितो पिउन सक्ने कम्पनीले जनाएको छ।

नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको थियो। ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रुपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएका थिए। यो क्रममा नेपालका सबै प्रिमियम बार र रेस्टुरेन्टहरूबाट समर्थन र सहयोग प्राप्त भएको थियो।

खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले बताए।

उनले भने, ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं । हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौं।’

प्रकाशित: ३० भाद्र २०७९ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App