३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआईसी बैंकद्वारा भिडियो केवाइसी सेवाको शुरूवात

एनआईसी एसिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाइसी सेवाको शुरूवात गरेको छ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप बेंकले भिडियो केवाइसी सेवाको शुरूवात गरेको हो।

यस सेवाअन्तर्गत बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशका ग्राहकहरूले भिडियो कलकोे माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

भिडियो केवाइसी मार्फत केवाइसी विवरण भरेपछि ग्राहकले आफ्नो बैंक खाता पूर्ण रूपमा सञ्चालन गर्न सक्ने बताउँदै बैंकले भिडियो केवाइसी विवरण बैंकको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७९ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App