३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

 नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  

योजनाअन्तर्गत नकिन्दै टिभिएसको आधिकारिक साइटमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

यस्तै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक विजेतालाई रियलमी सि ३० स्मार्टफोन प्रदान गरिने, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक जनालाई बम्पर उपहार स्वरूप ५० लाख रूपैयाँ नगद पुरस्कार उपलब्ध गराइने जनाएको छ।  

विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ।

योजना यही भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: २१ भाद्र २०७९ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App