१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

द राउण्ड टेवल नेपालद्वारा सरकारी विद्यालयको भवन निर्माण

सामाजिक संस्था द राउण्ड टेवल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षाकोठा निर्माण गरेको छ।

पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेवलले कक्षा कोठा निर्माण गरिदिएको हो। २४ लाख रूपैयाँको लागतमा २ कक्षा कोठा र विद्यालय परिसरको ५ कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरिएको संस्थाले जनाएको छ। साथै संस्थाले यसै वर्ष विद्यालयमा २ वटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखेको जनाएको छ।

यही भदौ १३ गते बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई र द राउण्ड टेवल नेपालका अध्यक्ष आन्नद बाहेतीले संयुक्त रूपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका छन्।

प्रकाशित: १७ भाद्र २०७९ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App