४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाकिस्तान एन्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर २०२२’

पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तला डिइसीसीमा असोज १ गतेदेखि ६ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेलाआयोजना हुन लागेको हो।

मेलामा पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता-चप्पल, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध हुने आयोजकले बताएको छ। दुई देश बीचको कला, संस्कृति र रीतिरिवाज जोगाउन महत्व दिने आयोजक तथा इभेन्ट म्यानेजर इन्टरडक्सन ट्रेड शो नेपालले जनाएको छ।

मेलाले आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरू फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजिङ डाइरेक्टर सुमन महर्जनले बताए।

उनले पाकिस्तानमा निर्मित छालाका सामग्रीहरूले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै मेला मार्फत दुबै देशहरूको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

यसपटक मेलाको आकर्षणको रूपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरूका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रम लगायत पाकिस्तान, भारत, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १४ भाद्र २०७९ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App