१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मदिराका दुई ब्रान्डबीच मर्ज

विनर लिकर (पर्नोड रिचार्ड इन्डियासँगको एक संयुक्त उद्यम) र एसपीजी ट्रेडिङ, पर्नोड रिचार्ड (सीग्राम) ब्रान्डबीच मर्जरको सम्झौता भएको छ। 

एसपीजी ट्रेडिङका निर्देशक गौरव शारदा, नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता हुन्। उनी अब रोयल स्ट्याग र भविष्यका सिग्रामका ब्राण्डहरू (पर्नोड रिचार्डको घरेलु पोर्टफोलियो) जुन विनर लिकर्सले नेपालमा उत्पादन गर्ने गरेको छ। सो का लागि राष्ट्रिय वितरकका रूपमा नियुक्त भएका छन् ।

विनर लिकर उद्योग प्राली, पर्नोड रिचार्ड इन्डिया, विश्वको अग्रणी अल्कोबेभ कम्पनीसँगको एक संयुक्त उद्यम हो। यस अवसरमा बोल्दै, विनर लिकर्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित कोहलीले विनर लिकर र एसपीजी ट्रेडिङको यो गठबन्धनबाट खुसी भएको बताए। 'यसले अन्तर्राष्ट्रिय र घरेलु ब्रान्डहरूको सम्पूर्ण पर्नोड रिचार्ड पोर्टफोलियोलाई थप उर्जा दिनेछ। यसले साँच्चै दुवै, कम्पनी र पर्नोड रिचार्डलाई एक उच्च श्रेणीको पदमा राख्नेछ। शारदा ग्रुपसँगको हाम्रो असोशियसनले रोयल स्ट्याग र भविष्यका ब्रान्डहरुका लागि पनि नयाँ कोसेढुङ्गा ल्याउनेछ भन्ने मलाई दृढ विश्वास छ।'उनले भने।  

एसपीजीका अध्यक्ष गौरव शारदाले एसपीजी ट्रेडिङ, विनर मदिरा उद्योग प्राली सँग हात मिलाउन पाउँदा र सँगसँगै सीग्राम ब्रान्डको रेन्ज जस्तै रोयल स्ट्याग जस्ता ब्रान्डलाई नेपालमा उपभोक्ताहरु माझ पुर्याउन र वितरण गर्न उत्साहित रहेको बताए।  

विनर मदिरा उद्योग प्रा.ली अगस्ट २०१९ मा स्थापित भएकाे उद्योग हाे। विनर लिकर उद्योग पर्नोड रिचार्ड (सीग्राम)ब्रान्डहरूको एकमात्र निर्माता र वितरक हो। यसको उत्पादन सुविधा झापामा रहेको छ।

प्रकाशित: १३ भाद्र २०७९ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App