१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

शौर्य सिमेन्टले ‘एक पिल्लर मलाई योजना’ विस्तार गर्दै

 शौर्य सिमेन्टले मेची, कोशी, जनकपुर, सलार्ही र महोत्तरी जिल्लामा ‘एक पिल्लर मलाई’ अभियान ल्याएको छ। पोखरा, चितवन, सिरहा, उदयपुर, र सप्तरी पश्चात ग्राहकहरूलाई बढेको मागलाई मध्यनजर गर्दै उक्त अभियान विस्तार गरिएको हो।  

उक्त योजना अन्तर्गत कम्पनीले कुनै पनि नयाँ आवासीय भवन निर्माण गर्दा शौर्य सिमेन्टका प्राविधिक प्रतिनिधिहरूद्वारा ग्राहकहरूकै निर्माण स्थलमा गई शौर्य सिमेन्टको प्रयोग गरी निःशुल्क एक पिल्लरको कास्टिङ गरिने जनाएको छ। यस्तै कम्पनीले कास्टिङ गरेको एक सातापछि प्राविधिकहरूले निःशुल्क भारवहन क्षमता परीक्षण गरी भारवहन क्षमता परीक्षणको प्रमाणपत्र हस्तान्तरण गर्ने बताए।  

योजनामा सहभागी हुनका लागि क्युआर कोड स्क्यान गरी वेवसाइटमा गई वा कम्पनीको आधिकारिक नम्बर तथा टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७९ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App