२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ। यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोट्सद्वारा गरिएको हो।  

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सनइभी नेपालमा ल्याएको थियो। एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ। मुलुकको विद्युतीय गाडीको कुलबजारको बढी अंश नेक्सनइभी एक्लैले ओगटेको छ।

उक्त सफलताको प्रमुख कारणमा आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता, द्रुत चार्जिङ्गक्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षा रहेको सिप्रदी ट्रेडिङले जनाएको छ।  

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभीचर्जिङ्गएप  'इजी' एप–मार्फत चार्ज गर्न सकिछ। यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेका छन्।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ। यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ।

नेक्सनइभीको नेपालमा बिक्रीवितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछ। यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ।

प्रकाशित: १२ श्रावण २०७९ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App