४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला

सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरमा आठ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आठ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो।

आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका–१, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै माछापुच्छ्रे बैंकको मादी गाउँपालिका–१ मा रहेको कार्यालय, बैंक अफ काठमाडौँ, मुक्तिनाथ विकास बैंक र एनआइसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट दर्खास्त दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर नेपालले (केयरएनपी बिबी प्लस आइएस) रेटिङ दिएको छ। 

प्रकाशित: ६ श्रावण २०७९ ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App