२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर बजारको सामान्य गति नेप्से ४ बिन्दुले बढ्यो

फाइल तस्बिर

चालु आर्थिक वर्षको मौद्रिक नीति आउनुअघि सेयर बजारको गति सामान्य अवस्थामा रहने देखिएको छ।

लगानीकर्ता आगामी मौद्रिक नीतिप्रति पूर्ण विश्वस्त हुन नसकेका कारण बजारले गति लिन नसकेको देखिएको हो। यही कारण पछिल्लो दुई सातादेखि बजार ठूलो अंकले घटबढ भएको छैन।

यो साताका चारै दिन बजारमा सुधार आएको छ तर गति सामान्य देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ४ दिन लगातार बजार बढ्दा नेप्से परिसूचक ४१ बिन्दुले मात्र बढेको छ। साताको पहिलो दिन आइतबार १.९३ अंकले बढेको परिसूचक सोमबारको कारोबारमा १८.०३ र मंगलबार १६.२७ बिन्दुले बढेको थियो। यस्तै बुधबार ४.८९ अंकले बढेर परिसूचक २०५०.५९ बिन्दुमा पुगेको छ।

एक्सचेञ्जका अनुसार बुधबारको कारोबार २०४६ बिन्दुबाट सुरु भएको थियो। बजार सुरु भएलगत्तै कारोबारमा आएको गिरावटले नेप्से २०३३ बिन्दुसम्म झरेको थियो। त्यसपछि दिनभर कारोबारमा उतारचढाव आइरह्यो। परिसूचक न्यूनतम २०३३ र अधिकतम २०६१ बिन्दुसम्म पुगेको थियो। बजार बन्द हुँदा भने परिसूचक २०५० मा आएको हो।

एक्सचेञ्जका अनुसार बुधबार नेप्सेका अतिरिक्त अन्य तीन सूचक सबैको कारोबार बढेको छ। सेन्सेटिभ सूचक ०.९७ बिन्दुले बढेको छ भने फ्लोट ०.०६ र सेन्सेटिभ फ्लोट ०.०१ बिन्दुले बढेका छन्। यी तीन सूचकलाई प्रतिशतले हेर्दा सबैभन्दा बढी सेन्सेटिभ ०.२५ प्रतिशतले बढेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये ८ उपसूचकको कारोबार बढेको छ भने ५ वटाको कारोबार घटेको छ। कारोबार बढ्ने उपसूचकमध्ये कुनै पनि उपसूचक १ सय बिन्दुले बढ्न सकेका छैनन्। २ वटा उपसूचक मात्र ५० बिन्दु भन्दा धेरैले बढेका छन्।

उत्पादन तथा प्रशोधन ६३ र निर्जीवन बिमा ५६ अंकले बढेका हुन्। यस्तै फाइनान्स उपसूचक ३१, अन्य १७, लघुवित्त ७ र विकास बैंक ५ अंकले बढेका छन्। सबैभन्दा कम बिन्दुले कारोबार बढ्नेमा सामूहिक लगानी कोष ०.०२ रहेको छ।

यस्तै कारोबारमा गिरावट आउने ५ उपसूचकमध्ये सबैभन्दा धेरैले जीवन बिमा घटेको छ। यो उपसूचक २८ अंकले घटेको हो। यस्तै जलविद्युत् र व्यापार समान १२ अंकले घटेका छन् भने होटल तथा पर्यटन ९ र बैकिङ उपसूचक ०.६२ अंकले घटेका छन्।

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले फाइनान्स उपसूचक बढेको छ। यो १.९१ प्रतिशतले बढेको हो। सबै भन्दा कम प्रतिशतले कारोबार बढ्नेमा सामूहिक लगानी कोष ०.१२ अंक रहेको छ।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्नेमा मल्टीपर्पोज फाइनान्स परेको छ। यसको सेयर मूल्य ५.६९ प्रतिशतले बढेको हो। यस्तै कर्णाली विकास बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७ र नेपाल इन्स्योरेन्सको सेयर मूल्य ३.७८ प्रतिशतले बढेको छ।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा लक्ष्मी इक्विटी फण्ड परेको छ। यसको प्रतिसेयर मूल्य ६.३३ प्रतिशतले घटेको हो। यस्तै इमर्जिङ नेपाल ४.३१, सांग्रिला विकास बैंकको डिभेञ्चर ३.९४ र विओके डिभेञ्चर ३.७७ प्रतिशतले घटेका छन्।

एक्सचेञ्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको १६ करोड ४२ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै हिमालयन डिष्टिलरीको ७ करोड ३१ लाख र आइसीएफसी ५ करोड ३१ लाख रूपैयाँको कारोबार भएको हो।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर शिवम् सिमेन्टको भएको छ। यसका २ लाख १ हजार ३ सय ७५ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै एपी पावरको १ लाख ५५ हजार ३ सय ३६ कित्ता सेयर बिक्री भएका छन् भने स्ट्यान्डर्ड चार्टर बैंकको १ लाख १२ हजार ९ सय ३४ कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार बुधबार २१५ कम्पनीका ४१ लाख ३३ हजार ७ सय ९ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब ७३ करोड १८ लाख रूपैयाँको कारोबार भएको छ। 

प्रकाशित: ५ श्रावण २०७९ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App