२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

कारोबार २ अर्ब माथि,नेप्सेमा १६ बिन्दुको सुधार

चालु आर्थिक वर्षको मौद्रिक नीति आउने समय नजिकिदै गर्दा दिनहुँ सेयर कारोबार उकालो लागेको छ।

मौद्रिक नीतिले सेयर बजार सुधार्ने गरी अहिलेका सबै समस्या समाधान गर्नेमा लगानीकर्ता विश्वस्त देखिदैनन् तर पनि केही सुधार हुनेमा आशावादी भएकाले बजार झिनो रूपमा भए पनि उकालो लागेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर बजार परिसूचक १६.२७ अंकले बढेर २०४५.६९ बिन्दुमा पुगेको छ। यो ०.८० प्रतिशतको वृद्धि हो। एक्सचेञ्जका अनुसार साताका तीन दिनमै सेयर बजार उकालो लागेको छ।

पहिलो दिन आइतबार १.९३ अंकले बढेको परिसूचक सोमबारको कारोबारमा १८.०३ अंकले बढेको थियो। तीन दिनमा ३६.२३ अंकले नेप्से बढ्न पुगेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार २०३० बिन्दुबाट सुरू भएको बजार दिनभरजसो सामान्य रूपबाट बढेको थियो। कुनै कुनै समय कारोबारमा गिरावट आए पनि धेरैजसो समय बढेको थियो। दिनभरको कारोबारमा नेप्से न्यूनतम २०३७ बिन्दुमा झरेको थियो भने अधिकतम २०६१ बिन्दुसम्म पुगेको थियो। बजार बन्द हुँदा परिसूचक २०४५ बिन्दुमा पुगेको हो।

एक्सचेञ्जका अनुसार मंगलबार नेप्सेका अतिरिक्त अन्य तीन सूचक सबैको कारोबार बढेको छ। सेन्सेटिभ सूचक २.२७ बिन्दुले बढेको छ भने फ्लोट १.३५ र सेन्सेटिभ फ्लोट १.५७ बिन्दुले बढेका छन्। यी तीन सूचकलाई प्रतिशतले हेर्दा सबैभन्दा बढी सेन्सेटिभ फ्लोट १.२३ प्रतिशतले बढेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमा सबैको कारोबार बढेको छ तर सबै उपसूचक १ सय बिन्दुभन्दा तलैले बढेका छन्। यसमध्ये सबैभन्दा धेरैले बढ्नेमा लघुवित्त उपसूचक परेको छ। यो ८१ बिन्दुले बढेको हो। यस्तै जीवन बिमा ८० र निर्जीवन बिमा ७२ बिन्दुले बढेका छन्। मंगलबारको नेप्से परिसूचक बढाउनमा यीनै उपसूचकमा आवद्ध कम्पनीहरूको भूमिका रहेको छ।

यस्तै उत्पादन तथा प्रशोधन उपसूचक ६४ बिन्दुले बढेको छ भने होटल तथा पर्यटन उपसूचक २७ बिन्दुले बढेको छ। कारोबारमा सुधार आउनेमा विकास बैंक ४१, फाइनान्स ४४, व्यापार ३२, विकास बैंक ४१ बिन्दुले बढेका छन्। बैंकिङ उपसूचक ६ बिन्दुले बढेको छ।

यस्तै सबैभन्दा कम बिन्दुले कारोबार बढ्नेमा सामूहिक लगानी कोष ०.०१ रहेको छ। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले फाइनान्स उपसूचक बढेको छ। यो २.७७ प्रतिशतले बढेको हो। यस्तै लघुवित्त १.८३, र व्यापार १. ५९ प्रतिशतले बढेका छन्। सबैभन्दा कमले कारोबार बढ्नेमा सामूहिक लगानी कोष ०.०९ बिन्दु रहेको छ।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले इमर्जिङ नेपाल रहेको छ। यसको सेयर मूल्य ८.०१ प्रतिशतले बढेको हो। यस्तै गणपति लघुवित्त ६.९४, ग्रीन भेञ्चरको सेयर मूल्य ५.५४ प्रतिशतले बढेका छन्।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा सिभिल बैंकको डिभेञ्चर परेको छ। यसको प्रतिसेयर मूल्य ७.७५ प्रतिशतले घटेको हो। एक्सचेञ्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको १५ करोड ९७ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै एभरेष्ट बैंकको १० करोडको कारोबार भएको छ। हिमालयन डिष्ट्रिलरीको ८ करोड ४८ लाख रूपैयाँको कारोबार भएको हो।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर एभरे ष्ट बैंकको भएको छ। यसका २ लाख २६ हजार ७ सय २० कित्ता सेयर बिक्री भएका हुन्। यस्तै एपी पावरको २ लाख १४ हजार ४ सय ७४ कित्ता सेयर बिक्री भएका छन् भने सिवम् सिमेन्टको २ लाख २ हजार २ सय ३५ कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार मंगलबार २१३ कम्पनीका ५७ लाख १३ हजार २ सय ४८ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब २९ करोड ९३ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २३ अर्बले बढेर २९ खर्ब २१ अर्ब रूपैयाँमा पुगेको छ।

प्रकाशित: ४ श्रावण २०७९ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App