२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर बजारमा झिनो सुधार, कारोबार रकम पनि सवा अर्बमा झर्‍यो

फाइल तस्बिर

साताको पहिलो कार्य दिन आइतबारको नेप्से परिसूचक गिरावट आउनबाट जोगिएको छ।

गत साताभरको कारोबारमा नेप्से १६.८५ बिन्दुले मात्र बढेको हो। परिसूचक अहिले २ हजार बिन्दुकै सेरोफेरोमा छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबारको कारोबारबाट परिसूचक १.९३ बिन्दुले बढेर २०११.३९ पुगेको छ। यो ०.१० प्रतिशतको वृद्धि हो। आइतबारको कारोबार २०११ बिन्दुबाट सुरु भएको थियो। लगानीकर्तामा सेयर खरिद बिक्रीमा देखिएको अन्यौलका कारण कारोबार छोटो–छोटो समयमा उतारचढाव आएको देखिएको थियो।

कारोबार सुरु भए लगत्तै नेप्से घटेर १९९५ बिन्दुसम्म आएको थियो। कारोबारमा फेरि सुधार आएकाले तत्कालै परिसूचक २०१८ सम्म पुगेको थियो। त्यसपछि पनि उतारचढाव आउन रोकिएन। बजार बन्द हुँदा भने नेप्से २०११ बिन्दुमा रोकिएको हो।

एक्सचेञ्जका अनुसार आइतबार नेप्सेका अतिरिक्त तीन सूचकमध्ये एउटा बढेको छ भने २ वटामा गिरावट आएको छ। सेन्सेटिभ सूचक ०.०२ बिन्दुले बढेको छ। फ्लोट ०.०७ र सेन्सेटिभ फ्लोट ०.०८ बिन्दुले गिरावट आएको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये ८ वटाको कारोबार घटेको छ भने ५ वटाको कारोबार बढेको छ। कारोबारमा सुधार आउनेमा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचक परेको छ। यो उपसूचक ४३ बिन्दुले बढेको हो।

यस्तै जीवन बिमा १५, व्यापार १० र बैंकिङ उपसूचक ८ बिन्दुले बढेका छन्। कारोबारमा गिरावट आउने ८ उपसूचक मध्ये सबैभन्दा धेरैले होटल तथा पर्यटन उपसूचक परेको छ। यो उपसूचक ३१ बिन्दुले घटेको हो। यस्तै जलविद्युत् २६, लघुवित्त १७ र फाइनान्स ११ बिन्दुले घटेका छन्। अन्य उपसूचक १० बिन्दुभन्दा थोरैले मात्र घटेका छन्। सबैभन्दा कमले घट्नेमा सामूहिक लगानी कोष ०.०३ बिन्दु रहेको छ। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले लगानी उपसूचक बढेको छ। यो ०.९१ प्रतिशतले बढेको हो। यस्तै सबैभन्दा धेरै प्रतिशतले कारोबार घट्नेमा होटल तथा पर्यटन उपसूचक परेको छ। यो उपसूचक १.२० प्रतिशतले घटेको हो।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले रिडी विद्युत् कम्पनी परेको छ। यसको सेयर ५.४८ प्रतिशतले बढेको हो। प्रभु बैंक, नयाँ सारथी लघुवित्त र कुमारी बैंकको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेका छन्।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा प्रभु सेलेक्ट फण्ड परेको छ। यसको प्रतिसेयर मूल्य ९.७८ प्रतिशतले घटेको हो। यस्तै सामुदायिक लघुवित्त ७.५० र नविल व्यालेन्स फण्ड ५.२० प्रतिशतले घटेका छन्।

एक्सचेञ्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार माथिल्लो तामाकोशीको भएको छ। यसको ६ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै हिमालयन डिष्टिलरीको ४ करोड ७६ लाख रूपैयाँ र अरूण कावेलीको ४ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर माथिल्लो तामाकोशीको भएको छ। यसका १ लाख १४ हजार ३ सय ७४ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै अरूण कावेलीको १ लाख ५ सय १९ कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार आइतबार २१० कम्पनीका ३० लाख ४५ हजार ८ सय ८९ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब २३ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण ३ अर्बले बढेर २८ खर्ब ७२ अर्ब रूपैयाँमा पुगेको छ। 

प्रकाशित: २ श्रावण २०७९ ००:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App