७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मध्य तमोरद्वारा जुलाई २०२३ भित्रमा ७३ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक

टनेल ब्रेक थु भएपछि सुरुङ प्रवेशद्धार क्षेत्रमै एकआपसमा खुसी साट्दै आयोजनाको टिम।

‘टनेल ब्रेक थ्रु’ गरेर उत्साहित बनेको ताप्लेजुङस्थित ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाले जुलाइ २०२३ भित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने बताएको छ।

टनेल ब्रेक थ्रु भएको अवसर पारेर आयोजनाले प्रेस विज्ञप्ति जारी गर्दै आयोजनाका आवासीय इञ्जिनियर डाक्टर सुनिलकुमार लामाले आयोजनाको ७० प्रतिशत बढी निर्माणका कार्यहरुको भौतिक प्रगति भएको जानकारी दिए।

आयोजनाको सिभिलतर्फको निर्माण कार्य ९ मार्च २०१९ बाट सुरु भएको थियो। मुख्य सिभिल ठेकेदारको काम चच्याचङ फस्ट हाइड्रो तथा पावर कन्ट्रक्सन ग्रुप कम्पनीले गरेको आयोजना प्रबन्धक मणिराज पोखेरेलले जानकारी दिए।

आयोजनाको इलेक्ट्रो मेकानिकलको काम भने सि.डब्लु टि डब्लु, हाइड्रो मेकानिकलको काम माछापुच्छ्रे मेटल तथा मेसिनरी वर्क प्रालि र विद्युत प्रसारण लाइन निर्माणको कार्य कस्मिक इलेक्ट्रिकल एण्ड इञ्जिनियरिङ प्रालिले गरिरहेको आयोजनाले जनाएको छ।

शुक्रबार राति साढे १० बजे ६.५ मिटर चौडाई तथा उचाइ भएको ३ हजार ३ सय ७० मिटर लामो मुख्य सुरुङ छेड्ने कार्य पूरा भएपछि सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले यसलाइ ‘टनेल ब्रेक थ्रु’भनेको छ। आयोजनामा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको अगुवाइमा ८ वटा बैंकहरुको ऋण लगानी रहेको छ। आयोजनाको डिजाइन तथा सुपरीवेक्षणको कार्य परार्मशदाता कम्पनी सानिमा हाईड्रो एण्ड इञ्जिनियरिङ प्रालिले गरिरहेको छ।

आयोजनाबाट उत्पादन भएको विद्युत् आयोजनाको स्वीचयार्डदेखि करिब १२ किलोमिटर लामो २२० केभीए क्षमताको प्रसारण लाइनमार्फत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणको ढुङगेसाँघु सव–स्टेशनमा पुर्‍याइ राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाको तयारी छ।

कोशी करिडोर नामले परिचित ढुङगेसाँघु सव–स्टेशनको काम पनि तीव्र गतिमा भइरहेकोले आयोजनाले लक्ष्य अनुसार उत्पादित विद्युत सो सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कुनै समस्या नहुने देखेको छ। सुरुमा ५४ मेगावाट क्षमता बराबर विद्युत् उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान् स्थल (हेडवक्र्स) केही परिवर्तन गरेसँगै उत्पादन क्षमता बढ्ने बढेर ७३ मेघावाट पुगेको हो।

सुरुमा मापन गरिएको क्षमताअनुसार निर्माण प्रक्रिया अघि बढाएकोमा पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेगरी निर्माण कार्य भइरहेको छ।

प्रकाशित: ३२ असार २०७९ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App