२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेलले ल्यायो ‘डबल मजाप्याक’अफर

एनसेल आजियाटा लिमिटेडले ‘डबल मजाप्याक’ अफर ल्याएकोे छ। अफरले ग्राहकलाई १ सय २५ रूपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ।

यस अफर अनुसार ग्राहकहरूले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ रूपैयाँमा ख रिद गर्ने तथा प्याकको समयसीमा सकिनुभन्दा पहिले नै सोही प्याक पुनः खरिद गरेमा उही शुल्कमा ५ जीबीको सट्टा १० जीबी डेटा प्राप्त गर्ने एनसेलले जनाएको छ। यो अफर असार २४ गते शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।

आफ्ना ग्राहकलाई निरन्तरको प्रयास र नवीन सेवामार्फत उत्कृष्ट सेवा प्रदान गरेको अनुभव र यसलाई उचित मूल्यमा उपलब्ध गराउन प्रतिवद्ध भएको जनाउँदै एनसेलले आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्त्व राख्ने एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताए।

प्रकाशित: २६ असार २०७९ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App