८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआईसी एसिया बैंकद्वारा बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत खाता खोलेका ३ जना ग्राहकहरूलाई घातक रोगको बिमा बापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ३० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।

बिमा लाभ प्राप्त गर्नेमा स्वयम्भू शाखा, जाजरकोट शाखा, थली शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, प्रचण्डजंग शाह र सञ्जित तामाङ रहेका छन्।

उनीहरूलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रूपमा एक कार्यक्रमका बीच बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो।

बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार १ सय ३७ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बिमा बापत २ करोड ४० लाख रूपैयाँ, दुर्घटना बीमा बापत ४० लाख रूपैयाँ र मेडिकल बिमा बापत २ करोड ६९ लाख रूपैयाँ गरी कुल ५ करोड ४९ लाख रूपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ। 

प्रकाशित: २६ असार २०७९ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App