१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

आज नेप्से कारोबार रकममा पनि गिरावट

आज (मंगलबार) नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंकले घटेको छ। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

सोमबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आएपनि कारोबार रकम ३ महिना यताकै उच्च भएको थियो। सोमबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ।

जसमध्ये व्यापार, अन्य, लगानी र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि दुई वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिवाईसी लघुवित्त र ङादी गु्रप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर यता, घलेम्दी हाइड्रोपावरका शेयर मूल्य ६.६० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा ३० करोडभन्दा बढी कारोबार गरेर सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। अरुण काबेली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: २१ असार २०७९ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App