३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएस अपाचे आरटीआर १६० फोर भी नेपालमा सार्वजनिक

जगदम्बा मोटर्सले बिएस–भिआई मोडलको टिभिएस अपाचे आरटिआर १६० फोर भी आर टीएफआई मोटर साइकल सार्वजनिक गरेको छ। यस मोटरसाइकलमा रेन, अर्बन र स्पोर्ट जस्ता पहिलो र उत्कृष्ट फिचरहरू रहेका छन्। यी फिचारले कुनै पनि परिस्थितिमा सवारीलाई अनुकुल बनाउने कम्पनीले जनाएको छ।

मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इञ्जेक्सन प्रविधिको इञ्जिन रहेको छ। जसले इन्धनको बचत, विस्तारित पावर डेलिभरी, इञ्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मदत गर्ने कम्पनीले उल्लेख गरेको छ। यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउने कम्पनीको दाबी छ।

यसमा स्मार्ट कनेक्सन जस्ता प्रविधिहरू रहेका छन् । जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउने र ब्लुटुथमार्फत राइडरको स्मार्टफोनमा जडान गर्न सकिन्छ। थप रूपमा, मोटरसाइकलमा एग्रेसी हेडल्याम्प, एड्जस्टेबल ब्रेक र क्लच लिभरजस्ता अन्य धेरै फिचरहरू रहेको कम्पनीले जनाएको छ।

टिभिएस मोटर कम्पनी-भारतका प्रतिनिधिहरूले जगदम्बा मोटर्सलाई नेपालमा टिभिएसको सफलताको लागि बधाइ दिँदै नेपाली बजारमा आगामी टिभिएस अपाचे आरटीआर १६० फोर भीको सफलताको कामना गरे। उनीहरूले यो मोटरसाइकलले १५० सीसीको सेग्मेन्टमा ‘बिग बाइक’ फिचर ल्याउने आफ्नो दृष्टिकोण रहेको र यसले नेपालमा मात्र नभई विश्वभरका उत्कृष्ट फिचर्सका साथ यो सेगमेन्टमा क्रान्ति ल्याउने बताए।

जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले नेपाली बजारलाई टिभिएसप्रतिको माया र स्नेहका लागि धन्यवाद दिँदैे नेपालमा यति धेरै फिचर सहितको मोटरसाइकल सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएको बताए।

उनले कुनै पनि अटोमोबाइल ब्रान्डले यस खण्डमा यति धेरै सुविधाहरूसहितको उत्पादन लिएर आएको यो पहिलो पटक भएको दाबी गरेका छन्।

प्रकाशित: १२ असार २०७९ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App