सनराइज बैंकले प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ।
सनराइज बैंक र एनआइसी एसिया क्यापिटल बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको हो।
उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८० करोड रूपैयाँ बराबरको ऋणपत्र रकम सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ।
प्रकाशित: १२ असार २०७९ ०१:०२ आइतबार