३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

तुलसीपुरको बजेट १ अर्ब ८६ करोड

तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ बजेट ल्याएको छ। जसमा आन्तरिक श्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजश्व वाडफाड मालपोत रजिष्ट्रेशनबाट १० करोड, बैंक मौज्दात ४ करोड ५० लाख गरी कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको छ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान  ३३ करोड ६२ लाख, सशर्त अनुदान ६२ करोड ९१ लाख, समपुरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजश्व बाँडफाड रकम २३ करोड ५५ लाख ३ हजार रुपैयाँ उल्लेख गरिएको छ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान गरिएको समानिकरण अनुदान १ करोड ५६ लाख, सशर्त अनुदान १ करोड ६० लाख, समपुरक अनुदान ३ करोड, विशेष अनुदान ८० लाख र राजश्व बाँडफाड रकम ३ करोड ३१ लाख ७६ हजार रुपैयाँ उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७९/८० मा चालु तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय संचालन तर्फ कुल खर्च ४७ करोड ७२ लाख ७७ हजार अर्थात् कुल बजेट खर्चको २५.५९ प्रतिशत रहेको छ। विकास र सशक्तिकरणका कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरु तर्फ कुल खर्च १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार कुल बजेट खर्चको ७३.९९ प्रतिशत हुने बताएको छ।

यसैगरी वित्तिय खर्च तर्फ ७७ लाख २३ हजार विनियोजन गरिएको छ जुन कुल बजेट खर्च अनुमानको ०.४१ प्रतिशत हुन आउने उपमहानगरले उल्लेख गरेको छ।

प्रकाशित: १० असार २०७९ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App