४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर बजार सुधार हुने भएपछि लगानीकर्ता कोइरालाले तोडे अनशन

पूँजी बजार सुधारकाे माग गर्दै केही दिनदेखि अनशन बसेका लगानीकर्ता तिलक कोइरालाले आज अनशन तोडेका छन्।

सेयर बजार सुधार र विस्तारका लागि गरिएको १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएपछि कोइरालाले दसौँ दिनमा अनशन तोडेका हुन्।

यही १ गतेदेखि बोर्डको कार्यालयबाहिर अनशनरत कोइरालाले बोर्ड अध्यक्ष हमालको हातबाट जुस पिएर अनशन तोडेका हुन्। 

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रहेका कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

प्रकाशित: १० असार २०७९ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App