२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दश करोड लगानी थपेर 'महाविर प्यालेस' होटल सञ्चालन

कोभिडको कारण बन्द भएको चार तारे होटल प्लाटिनियम नयाँ व्यवस्थापनका साथ महाविर प्यालेसका नाममा सञ्चालनमा आएको छ। बन्द रहेको प्लाटिनियमलाई करिव १० करोड रुपैयाँ लगानी थप गरेर नारायण पौडेलको समूहले महाविर प्यालेसका नामबाट सञ्चालन गरिएको हो।

काठमाडौंको सोल्टी मोडमा रहेको प्याटिनियम कोभिड पछि बन्द भएको थियो। प्याटिनियम नारायण पौडेलको समूहले किनेको हो। होटलका सबै कोठाहरुको रिनोभेसन गरेर नयाँ व्यवस्थापनका सञ्चालनमा ल्याएको महाविर प्यालेसका सञ्चालक नारायण पौडेलले बताए। 

प्लाटिनियमका लगानीकर्ताबाट पौडेल नेतृत्वको समूहले खरिद गरे महाविर प्यालेसमा रुपान्तरण गरेका हुन्। ‘होटलको रिनोभेसन गरेर नयाँ डेकोरेसन गरेका छौं,’ पौडेलले भने, ‘करिव १० करोड लगानी थप गरेर सञ्चालन गरेका छौं।’ होटलमा आउने स्वदेशी तथा विदेशी पर्यटकको आरामदायी बसाइका लागि विशेष ध्यान दिएको पौडेलले बताए।

होटलमा १४ वटा डिलक्स, ३२ वटा सुपर डिलक्स, १४ प्रिमियम, २ वटा स्विट रुम रहेका छन्। होटलमा ओपनिङको अवसरमा विशेष छुट दिएको जनाएको छ। एक रातको न्यूनतम ४५ सय रुपैयाँदेखि १४ हजार रुपैयाँसम्मका कोठा रहेका छन्। ग्रुप बुकिङ गर्नेलाईसफ्ट ओपनिङ गरेको होटल व्यवस्थापनले असार १२ गतेदेखि औपचारिक शुभारम्भ गरेर सञ्चालनमा ल्याउने भएको छ। ओपनिङ अफरमा ४० प्रतिशत छुट रहेको होटल व्यवस्थापनले जनाएको छ।

होटलमा विभिन्न प्रकार सुविधा रहेका छन्। होटलमा पाहुनाका लागि आवश्यकता अनुसार जाकुजी, लक्जरी स्पा, ड्राई र स्टिम साउना, हेल्थ क्लब, जिम, हेयर सैलुन रहेको छ। करिव दुई हजार स्वायर फिटको जिम रहेको छ। होटलमा विहान ११ बजेदेखि बेलुका ११ बजेसम्म बार सञ्चालन हुन्छ। होटलमा आउने अपांग, गर्भवती महिलाई विशेष केयरको व्यवस्था रहेको छ।

होटलमा अर्गानिक खानाको व्यवस्था गरिएको प्रबन्ध निर्देशक पौडेलले बताए। ‘पाहुनालाई अर्गानिक नेपाली खाना खुवाउछौं,’ पौडेलले भने, ‘खानाको गुणस्तर राम्रो छ। ’ आत्मीय आथित्य सत्कारलाई प्राथमिकता दिएको उनले बताए।

अर्गानिक तरकारी, मार्सी चामल, लोकल भालेको मासुको पनि व्यवस्था गरेको उनले बताए। होटलमा ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। होटलमा क्यासिनो पनि रहेको छ।

प्रकाशित: ७ असार २०७९ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App