४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

त्रियुगाको राजश्व लक्ष्य नजिक

त्रियुगा नगरपालिका भवन। तस्विरः महेश्वर

त्रियुगा नगरपालिकाले चालु आर्थिकवर्षको राजश्व संकलनमा लक्ष्य चुम्न कठिनाई देखिएको छ। गतवर्ष झण्डै ११ करोड संकलन गरेको त्रियुगाले चालुवर्ष १२ करोड २० लाख संकलन गर्ने संशोधित अनुमान गरेकोमा जेठ मसान्तसम्म ९ करोड १० लाख मात्र संकलन भईरहेकाले लक्ष्य चुम्न कठिनाई देखिएको हो।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालका अनुसार त्रियुगाले जेठ मसान्तसम्म ९ करोड १० लाख ५३ हजार ४ सय १९ रुपैंया राजश्व संकलन गरिरहेको छ। यो परिमाण लक्ष्यको झण्डै ७५ प्रतिशत भएकाले आर्थिक वर्ष सकिन बाँकी असार महिनामा लक्ष्य अनुसार राजश्व उठ्नुपर्ने ढकालले बताए। उनका अनुसार चालु वर्ष जेठ मसान्तसम्म सबभन्दा बढी राजश्व घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट संकलन भएको छ भने अन्य बिभिन्न ५ शीर्षकमा उत्साहजनक राजश्व उठेको छ।  

घरजग्गाबाहेक धेरै राजश्व उठेका अन्य ५ शीर्षकमा नदीजन्य पदार्थ, सिफारिस दस्तुर, नक्शा पास, एकीकृत सम्पत्ति कर र व्यवसाय कर रहेका छन्। ती शीर्षकमा नगरपालिकाले ५० लाखभन्दा माथि कर संकलन गर्न सफल भएको छ। त्यस्तै २० लालभन्दा माथिको राजश्व संकलन हुने शीर्षकहरु बेरुजु फस्र्यौट, बहाल बिटौरी कर, प्रदुषण नियन्त्रण, सामुदायिक वनको रोयल्टी रहेको कार्यालय प्रमुख ढकालले बताए।  

नगरपालिकाले रजिस्ट्रेसन दस्तुरवापत जेठ मसान्तसम्म ४ करोड १७ लाख ४२ हजार २ सय ७९ रुपैंया उठाईसकेको छ। नदीजन्य पदार्थको बिक्री बितरणबाट ८६ लाख ४२ हजार ५ सय ३५ रुपंैया संकलन गरेको छ भने तेस्रो ठूलो राजश्व आकार सिफारिस दस्तुरवापत ७४ लाख ९४ हजार ४ सय ९२ रुपंैया उठाएको छ। त्रियुगाले नक्शा पासवापत ६५ लाख ३५ हजार २ सय ९२ रुपैंया संकलन गरेको छ भने चौथो ठूलो दस्तुर एकीकृत सम्पत्ति करवापत ६१ लाख १६ हजार १ सय १० रुपैंया उठाएको छ।  

२० लाखभन्दा माथि राजश्व संकलन भएका शीर्षकहरुमा बेरुजु फस्र्याैटवापत ३७ लाख ८४ हजार ४ सय १९ आर्जन गर्न सफल नगरपालिकाले बहाल बिरोटी करवापत २४ लाख ६८ हजार ८ सय ५ रुपंैया उठाएको छ। त्यस्तै नगरपालिकाले २२ लाख ७८ हजार ७ सय ९८ रुपैंया प्रदुषण नियन्त्रण शूल्क असुल गरेको छ भने सामुदायिक वनबाट रोयल्टीवापत २१ लाख ४८ हजार प्राप्त गरेको छ। नगरपालिकाले सिमेन्ट निकासी शूल्वापत मात्र २१ लाख ५० हजार २ सय ४७ रुपैंया आम्दानी गरेको जनाएको छ।  

त्यसैगरी नगरपालिकाले ५ लाखभन्दा मुनि बिभिन्न शीर्षकबाट राजश्व संकलन गरेको जनाएको छ। जस अनुसार विज्ञापन करवापत ५ लाख ९६ हजार ७ सय ५०, पूर्वाधार सेवा उपभोग कर ५ लाख ३० हजार ९ सय ७३ र परीक्षा शूल्कवापत ३ लाख ७६ हजार १ सय राजश्व उठाएको छ। नगरपालिकाले सरकारी सम्पत्तिको बहालवापत ३ लाख ४५ हजार १ सय ९६, धरौटी सदर स्याहावापत २ लाख १६ हजार र ठेक्क र अन्य बिक्रीवापत १ लाख ३० हजार संकलन गरेको छ। विद्युत सेवा शूल्क ७८ हजार, नाता प्रमाणित ५४ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३७ हजार पनि नगरपालिका आम्दानीका शीर्षकहरु हुन्।  

नगरपालिकाका राजश्व शाखा प्रमुख नासु गुरुप्रसाद ढकालका अनुसार सबभन्दा बढी राजश्व उठेको घरजग्गा रजिस्ट्रेसन दस्तुर अहिलेसम्मको संक्लनले लक्ष्य भेट्न झण्डै ६८ लाख कम छ। उनका अन्ुसार हालसम्म ४ करोड ८२ लाख ५९ हजार ८ सय ८९ रुपैंया संकलन भईसकेको यो शीर्षकमा नगरपालिकाले चालु संशोधित अनुमान ५ करोड ५० लाख गरेको छ। असार एक महिनामा सो परिमाणको राजश्व संकलन हुन सके लक्ष्य चुम्ने उनलेब ताए।

त्यसपछि अर्को ठूलो राजश्व संकलन अपेक्षा गरिएको शीर्षक नदीजन्य पदार्थको बिक्री बितरण हो। यो शीर्षकमा पनि लक्ष्यभन्दा निकै टाढा राजश्व उठेको छ। नदीजन्य पदार्थमा चालु संशोधिन अनुमान २ करोड ५० लाख राखेको नगरपालिकाले ८६ लाख ४२ हजार ५ सय ३५ रुपैंया संकलन गरिरहेको छ। गतवर्ष २ करोड १३ लाख संकलन भएकाले यो शीर्षकमा चालुवर्ष ३७ लाख बढाएर अढाई करोडको लक्ष्य निर्धारण गरेको थियो। तर, विगत वर्षहरुजस्तो चालुवर्ष समयमा ठेक्का नलागेका कारण राजश्व लक्ष्य प्राप्तीमा कठिनाई हुने अनुमान गरिएको छ।  

सिफारिस दस्तुर गतवर्ष ५१ लाख ८९ हजार ४ सय ४५ रुपंैया उठाएको नगरपालिकाले चालु वर्ष संशोधित अनुमान १ करोड उठाउने लक्ष्य लिएको छ। यो शीर्षकमा लक्ष्य चुम्न झण्डै २५ लाख उठाउनुपर्ने देखिन्छ। नक्शा पासपावत ७० लाख संशोधित अनुमान लिएको नगरपालिकाले गतवर्ष ६० लाख ३२ हजार २ सय ३० रुपैंया उठाएको थियो भने यो वर्ष ६५ लाख नाघिसकेकाले लक्ष्य चुम्न त्यति धेरै प्रयास गर्नु पर्ने देखिदैन।  

प्रमुख प्रशासकीय अधिकृत ढकालले लक्ष्य अनुरुप राजश्व संकलन गर्न जेठ मसान्तसम्मको संकलन परिमाणमाथि २५ प्रतिशत हाराहारी थप संकलन हुनुपर्ने बताए। ढकालले असार महिनामा  आक्रामक संकलन भएमा लक्ष्य प्राप्त हुने अपेक्षा गरिएको बताएका छन्।

प्रकाशित: ५ असार २०७९ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App