२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

वाइफाई नेपालको सेवा आरम्भ

नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले सेवा सुरु गरेको छ।

कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित वाइफाई नेपालले सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वाइफाई नेपालले अहिले ३० र ५० एमबिपिएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ। हाललाई काठमाडौं उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः देशभर विस्तार गर्ने योजना रहेको छ। वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रूपैयाँमा ३० एमबिपिएस र पाँच हजार रूपैयाँमा ५० एमबिपिएस गतिको इन्टरनेट पाउनेछन्।

जसमा ३० एमबिपिएसको मासिक शुल्क ३३३ रूपैयाँ र ५० एमबिपिएसको ४१७ रूपैयाँ हुन आउँछ। त्यस्तै ३० एमबिपिएसको तीन महिने प्याकेज ११०० रूपैयाँ र ६ महिने प्याकेज २१०० रूपैयाँमा पाउन सकिन्छ। त्यस्तै ५० एमबिपिएसको ३ महिने प्याकेजका लागि १५०० रूपैयाँ र ६ महिने प्याकेजका लागि तीन हजार रूपैयाँ मात्र पर्नेछ।

यी प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ। कम्पनीका सिइओ रितेशराज सिंहले सबै उपभोक्ताले सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले यसले हरेक नेपालीलाई इन्टरनेटको पहुँचमा पुर्‍याउन सहयोग पुग्ने बताए। 

प्रकाशित: १ असार २०७९ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App