२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

१३६औं वार्षिकोत्सव मनाउँदै कोका-कोला कम्पनी

८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६औँ वार्षिकोत्सव मनाएको छ।

यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्। आज यो पेयपदार्थ करोडौँ मानिसहरुको प्रियभएको छ। संसारमा सायदै कोहीहोलान् जसले कोकाकोलाको ‘टेस्ट दिफिलिङ’नसुनेको होलान्। 

यो पेयपदार्थ आफैँमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ। कोकाकोलाको स्वाद आफैंमा युनिक छ, र यसले आफ्ना विश्वभरिका  उपभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराए जस्तै स्वाद दिदैं आएको छ।

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादनगर्दै आएको कोका–कोलाले नेपालमाकरिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको  (बोटलर्स नेपाल तराई लिमिटेड) मादुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो।

नेपाली उपभोक्ताहरुसंगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेय पदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकताअनुसारको  प्याकहरू छनोट गर्न सजिलो बनाएको छ। यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ मा आफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याकलन्च गरेको थियो, जुन १७५ मिलिको आरजिबि बोतलमा रु.२५ मा उपलब्ध रहेको थियो। 

नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो। त्यस्तै विश्वव्यापी रुपमा सन्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको छ।

कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सन्चालन गर्न प्रयास गर्छ र यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तिकरणलाई ध्यानमा राखेर सन्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो।  

आफ्नो 'वर्ल्ड विदाउट वेष्ट' को विश्व–व्यापी उद्धेश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादनप्रकृयामा प्लास्टिकको प्रयोग कमगर्दै आएको छ। साथै रिड्युस्, रिप्लेनिस र रि–युज सहितको आफ्नो पानीकम गर्ने रणनितिको सफलकार्यन्वयनको परिणाम स्वरुप वाटर न्युट्रल कम्पनीको रुपमा स्थापना भएको छ। त्यस्तै ,आफ्नो सिस्टममा आवद्ध महिलाहरुलाई सशक्त बनाउने उद्देश्यसहित यसले सक्षमथिमको रिटेल तालिम सन्चालन गरेको थियो जस अन्तर्गत २०२२ को अन्त्य सम्म खुद्रा पसल र साना खाजा घरहरु सन्चालन गर्दै आएका १००० जना महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App