१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरोना बिमाको दाबी भुक्तानी गर्न चार्टड संघको सुझाव

नेपाल चार्टड एकाउन्टेन्टस् संघले विभिन्न बिमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको एघार अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ।

संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिँदै कोरोना बिमा बापतको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैं वा बिमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको कोरोना बोण्ड जारी गर्न सुझाएको छ।  

संघले उक्त बोण्ड बाणिज्य बैंकहरूले किन्ने र सो लागानीलाई बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातमा समावेश गर्न सक्ने नीति ल्याए चालीस करोडको बिमा दायित्व पूरा हुने जनाए। संघले कोरोना बिमाको भुक्तानी गर्ने उपायसहितको सुझाव अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजस्व समितिमा पेस गरेको छ। संघका अध्यक्ष आन्नदराज शर्मा वाग्लेको नेतृत्वमा प्रतिनिधिमण्डलले सम्बन्धित निकायमा गई सुझाव बुझाएको जनाएको छ।

संघले विभिन्न सरकारी निकाय, संघ संस्था, लेखापरीक्षण पेशामा संलग्न चार्टड एकाउन्टेन्टहरूको सल्लाहका आधारमा अन्तिम नीतिगत सुझाव तयार पारेको जनाएको छ। जसअन्तर्गत राजस्व वृद्धि गर्ने, राजस्व व्यवस्थापनमा गर्नुपर्ने नीतिगत सुधार, कोरोना बिमा भुक्तनीको उपाय, राजस्व कानुनमा सुधार लगायतका विषयमा सुझाव दिएको बताए। 

प्रकाशित: २६ वैशाख २०७९ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App