९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

ऊर्जा मन्त्रालयः ९ महिनामा ३१ प्रतिशत वित्तीय प्रगति

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३१ प्रतिशत मात्रै वित्तीय खर्च गरेको छ।

ऊर्जा मन्त्रालयले हालै सार्वजनिक गरेको चैत मसान्तसम्मको प्रगति विवरणमा चालु आवको लागि ९८ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो। तर, ९ महिनाको अवधिमा ३० अर्ब अर्थात् ३१.०२ प्रतिशत मात्रै वित्तीय खर्च गरेको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म २१ सय ९१ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रणालीमा जडान भएका छन्। मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार चैत मसान्तसम्म स्वदेशी जलविद्युत् आयोजनाबाट उत्पादित २१ सय ९१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको हो।

मन्त्रालयले चालु आर्थिक वर्षको चैतमसान्तसम्म प्रतिव्यक्ति विद्युत् खपत २ सय ६० किलोवाट आवरबाट अहिले ३२५ किलोवाट आवर पुगेको जनाएको छ। पछिल्लो समय प्रतिव्यक्ति ६५ किलोवाट आवर अर्थात् ६५ युनिट विद्युत् खपत बढेको छ ।

बूढीगण्डकी डुबान प्रभावितलाई ३४ अर्बको मुआब्जा

सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार एक सय ५३ रोपनीमध्ये चालु आवको चैतमसान्तसम्म ४८ हजार ९ सय ४९ रोपनी अर्थात् ८४.१७ प्रतिशत रोपनी क्षेत्रफलको मुआब्जा बापत ३४ अर्ब ६ करोड ४९ लाख रूपैयाँ वितरण गरेको छ ।

प्रकाशित: २३ वैशाख २०७९ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App