२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

यमाहाको महाएक्सचेञ्ज मेला सुरु

यमाहाको ‘महाएक्सेञ्ज मेला’ सुरू भएको छ। नेपालका लागि यमाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आयोजना गरेको यो यमाहा महा एक्सचेञ्ज मेला बिहीबार देखि भृकुटी मण्डपमा सुरू भएको हो।

मेला वैशाख २२ गतेसम्म आयोजना हुनेछ। मेलामा कम्पनीले विभिन्न सुविधा र आकर्षक उपहारको व्यवस्था गरेको छ। कम्पनीका अनुसार मेलामा जुनसुकै ब्राण्ड र अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेञ्ज गर्न सकिने छ। एक्सजेञ्ज गर्दा बजार मूल्यको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले जनाएको छ।

यस्तै एक्सचेञ्जमा सहभागी हुने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफरमा सहभागी हुने अवसर पाउने छन्। नयाँ अफरअन्तर्गत डिजिटल ज्याकपटमा ग्राहकले दैनिक रूपमा २ लाख ७ हजार ९ सय, स्योरसटमा ८ हजार ३ सय १६ र बम्पर उपहारमा २० लाख ७९ हजारसम्म जित्न सक्ने छन्। मेलामा टेस्टराइडको कार्यक्रम पनि राखिएको छ।

यसैगरी, मेलामा यमाहाका कुनै पनि बाइक र स्कुटर लिन चाहनेका लागि अन द स्पट फाइनान्सको सुविधा पनि छ। यसमा ग्राहकले कुल मूल्यको ४० प्रतिशत अग्रीम भुक्तानी गरेपछि बाँकी मूल्यका लागि फाइनान्सको व्यवस्था गरिएको छ।  

प्रकाशित: १६ वैशाख २०७९ ०३:५९ शुक्रबार

आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज यमाहाको ‘महाएक्सेञ्ज मेला विभिन्न सुविधा र आकर्षक उपहार