२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

घट्दै सुनचाँदी मूल्य, आज कारोबार कतिमा?

आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेर ९८ हजार रुपैयाँ तोकिएको छ।

यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला ९९ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३२० रुपैयाँमा आएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: १५ वैशाख २०७९ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App