१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल लाइफको वार्षिक साधारणसभा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

उक्त सभाले शेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर ०.७३६८ रूपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ८ अर्ब, २० करोड ७९ लाख ६६ हजार ५ सय ४४ रूपैयाँ हुने कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरू सभाद्वारा पारित भएको छ। सभाले संस्थापक शेयरधनीका तर्फबाट निर्विरोध निर्वाचित भएका चार जना सञ्चालकको नाम सार्वजनिक गरेको छ।

हाल कम्पनीको लगानी १३३.८६ अर्ब रूपैयाँ रहेको छ भने जीवन बिमा कोष १२४ अर्ब ८४ करोड रूपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोड रूपैयाँभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन्।

हाल कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी ३० लाखभन्दा बढी बिमितहरू रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ चैत्र २०७८ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App