२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यवसायीको आन्दोलन स्थगितः भोलिदेखि डिजेल,पेट्रोल सहज हुने

विभिन्न माग अघि सारेर आन्दोलनमा उत्रिएका इन्धन कारोबार गर्ने व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। व्यवसायीले आन्दोलन स्थगित गरेसँगै इन्धनको बिक्री, वितरण आइतवारदेखि सूचारु हुने भएको छ।

व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै भोली (आइतवार) बाट बजारमा डिजेल, पेट्रोल सहज हुने भएको छ। नेपाल आयल निगमका अधिकारी र व्यवसायीबीच शनिवार भएको बार्तामा चार बुँदे सहमति भएको छ। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्व प्रसाद अर्याल र आयल निगमका प्रवक्ता विनित मणि उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

व्यवसायीको आन्दोलनले इन्धन ढुवानी नहुँदा बजारमा पेट्रोलियम पदार्थको अभाव हुँदा शुक्रबार र शनिवार घण्टौं लाइन बसेका थिए।

पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन फागुन १९ गतेबाट स्थगत गरिएकोमा सोही मितिबाट लागु हुने गरी  साविकको व्यवस्था अनुसार गरिनुपर्ने र मंसिर १८ गतेबाट स्थगत गरिएको पेट्रोलियम बिक्रेताहरुले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी सम्बन्धमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशक संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन लागु गर्ने माग थियो।

त्यसैगरी, गरी एलपी ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अध्याधिक वृद्धि भएता पनि हालसम्म भाडा समायोजन नभएको भन्दै तुरुन्त भाडा समायोजन गर्नुपर्ने र आगामि दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा कायम गर्ने व्यवस्था गनुपर्ने माग अघि सारेका थिए।

यी दुई वटा मागको बारेमा सात दिन भित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबार सम्बन्धि मागको सम्बन्धमा जेठ १५ गतेसम्म आवश्यक कार्य गर्ने गरी दुई पक्षले सहमति गरेका छन्। यो सहमतिसँगै नेपाल पेट्रोलियम राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ, नेपा पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम शनिवारबाट नै स्थगित गर्दै यथावत रुपमा इन्धनको ढुवानी तथा बिक्री वितरण सुचारु गर्ने सहमति भएको छ।

प्रकाशित: १९ चैत्र २०७८ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App