१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खुल्यो ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ

ग्रीन भेञ्चर्स लिमिटेडले आईपीओ खुला गरेको छ। आईपीओमा आउँदो शुक्रवारसम्म आवेदन दिन सकिनेछ।

११ गतेसम्म सबै सेयर बिक्री नभएमा आउँदो २२ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिशेयर एक सय अङ्कित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

निष्काशन गरिएको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार सात ५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

नागरिकले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले ओखलढुङ्गामा लिखु–४ जलविद्युत् आयोजना ९५२ दशमलव ४ मेगावाट० को निर्माण कार्य २०७८ पुस ३० गते सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ।

प्रकाशित: ८ चैत्र २०७८ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App