२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

'जलविद्युत आयोजना निर्माणको काम उत्साहित रुपमा अघि बढिरहेको छ'

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडी बढाएको बताएकी छन्।

सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडी बढाइरहेको बताएकी हुन्। 

नेपाल नविकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडी बढिरहेको बताईन्। सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उनले बताईन्। मन्त्री भुसालले जलविद्युत आयोजनाहरु गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन्। उनले छिमेकी राष्ट्रहरुलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन्।

मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताईन्। देशभित्रका नीजि क्षेत्र, सबै वित्तिय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उनले बताईन्।

सरकारले जोखिम न्युनिकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरुसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उनको भनाई छ। उनले जल तथा मौसम विज्ञान विभागमार्फत् देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरु थप गरी अझ वैज्ञानिक र विश्वसनीय रुपमा अगाडी बढ्ने पनि बताईन्। रासस

प्रकाशित: ३० फाल्गुन २०७८ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App