५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालको पर्यटन प्रवर्द्धनमा इटाली नागरिक

हिमालयको पदयात्रामा निस्केका इटालियन पदयात्री कार्लो मेम्बर्टो नेपालको प्राकृतिक सुन्दरता र नेपाली आतिथ्यतालाई अमिट रुपमा आफ्नो मन मुटुमा स्थान बनाइ सकेका थिए। सन् २००६ मा केही समयको नेपाल यात्रापछि स्वदेश फर्किएका उनी नेपाल र नेपालीको मायाले पुनः नेपालमै फकिए। तत्पश्चात् नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ सुरु गरे पर्यटन व्यवसाय।

इटालीका नागरिकलाई नेपाल घुमाएर पर्यटन प्रवर्द्धन मार्फत नेपालीको रोजगारमा टेवा पुग्ने उद्देश्यका साथ पर्यटनमा लागेको उनी बताउँछन्। नेपालका विभिन्न स्थानमा घुम्दै गर्दा यहाँको पीडा र समस्या बुझ्दै जाँदा रोजगारी मात्रै नेपालको समस्या नभएको उनले महसुस गरे। तत्पश्चात् उनले सुरु गरे सामाजिक काम पनि। इटालीको मिलानबाट सन् २००९ मा 'फिनाले फर नेपाल' अभियानको सुरु गरेको उनले बताए।

‘नेपालको पर्यटन, सांस्कृतिक विविधता विश्वभर चिनाउन र विभिन्न रमणीय ठाउँहरुप्रति विदेशी पर्यटकको आकर्षण बढाउन ‘फिनाले फर नेपाल’ अभियान सुरु गरे’, उनी अगाडि भन्छन्, ‘इटालीमा जन्मिएपनि नेपाल र नेपालीप्रतिको माया र सम्मानले यो अभियान सुरु गरेँ।’

उनले पत्रकार सम्मेलनमा 'फिनाले फर नेपाल' पर्यटन प्रवर्द्धन तथा पुन:र्स्थापना र भविष्यबारे पनि जानकारी गराए। उक्त कार्यक्रममा पर्यटनसँग सम्बन्धित सरोकारवाला नियकायको समेत प्रतिनिधित्व रहेको थियो।

पर्यटन व्यवसायी तथा टानका पूर्व कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले कोभिड–१९ ले धरासायी बनेको पर्यटन व्यवसायलाई माथि उठाउन सरकारले दिगो योजना ल्याउनुपर्ने बताए। त्यसका साथै पर्यटकीय क्षेत्रमा एकद्वार नीति मार्फत सरकारले कर असुली गर्नुपर्ने सुझाव व्यक्त गरे। ‘नेपाल पर्यटकका लागि आफैंमा एउटा पूर्ण प्याकेज हो। नेपालप्रति पर्यटकको आकर्षण बढाउन झन्झटिलो व्यवस्था र पर्यटकलाई हुने असुविधालाई सरकारले हटाउनुपर्छ’, तिमल्सिनाले भने।

एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रीय महासचिव तथा युवा स‌घ नेपालका केन्द्रीय सचिवालय सदस्य टिकाराम नेपालीले कोरोना भाइरसका कारण अस्तव्यस्त भएको पर्यटन क्षेत्र बिस्तारै जुर्मुराउन थालेकोले पर्यटन मजदुरहरु उत्साहित भएको बताए। सरकारले नेपालको पर्यटन क्षेत्रमा लागेका मजदुरको अस्तित्व सुरक्षित गर्न नसकेको र उनीहरुले हकहितमा ध्यान दिनुपर्ने उनले बताए।

प्रकाशित: २८ फाल्गुन २०७८ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App