४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शुक्रबारदेखि कर्णाली उत्सव हुने

कर्णाली उत्सवका बारेमा जानकारी दिँदै आयोजक। तस्बिरः गोविन्द/नागरिक

भोलिदेखि (शुक्रबार) वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा कर्णाली उत्सवको तेस्रो संस्करण हुने भएको छ। तीन दिनसम्म बुलबुले उद्यानमा उत्सव हुने आयोजक रिति फाउन्डेसनले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

तीन दिनसम्म चल्ने उत्सवमा ११ सत्र चलाइने भएको छ। ११ सत्रका लागि ५० जनाभन्दा बढी विज्ञ तथा जानकारहरु सहभागी हुने छन्। पत्रकार सम्मेलनमा ‘कुडा कर्नालीका’ भन्ने मुख्य नारा उत्सवमा बनाइएको छ। उत्सवका संयोजक कमल लम्सालले कर्णालीमा रहेको सम्भावनालाई संवादका माध्यमबाट उर्जागर गर्न उत्सवले टेवा पुर्‍याउने बताए। सामाजिक संवाद नहुने भएकाले उत्सवले आम नागरिकको आवाज निकाल्ने मञ्चको रुपमा रहेको उत्सवका संरक्षक केवलप्रसाद भण्डारीको भनाइ छ।

उत्सवमा कर्णाली भेरी सुसेल्दो छ, बजार विकास हजार निकास, आरन, अन्वेषण र आविष्कार, लगानीमा लगाम, झरो–उजेलोको खरो, कर्णाली भरी तीरैतीर, भविष्यको पीर, रैबार र रैला, शून्य समय, वादविवाद र संवाद, विकासको बाटो र उमेरको उमंग सत्रहरुमा समावेश गरिएको छ। जानकार तथा विज्ञहरु ११ वटा सत्रहरुमा आफ्नो अनुभवहरु साट्ने छन्। वक्ताहरुको रुपमा गगन थापा, रामकुमारी झाँक्री, चन्द्री ढकाल, महाविर पुन, कुलमान घिसिङ, डा.विश्व पौडेल, प्रा. दिनेशराज पन्त, केवलप्रसाद भण्डारी, कर्णाली प्रदेशका सांसदहरु लगायत ५० जना बढी विज्ञहरु कार्यक्रममा सहभागी हुने छन्।

उत्सवको पूर्व सन्ध्यामा नगरभित्र साईलक यात्रा गर्ने, साँझ ईबजार सम्बन्धी कार्यशाला गरिने भएको संयोजक दिनेश गौतमले बताए। गौतमले उत्सवमा ५० लाख बढी खर्च आउने बताए।

प्रकाशित: २६ फाल्गुन २०७८ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App